ब्रेकिंग न्युज

प्रदेश ५ मा बुधबार मात्रै १०८ जना नयाँ संक्रमित थपिए



 बुटवल ११ असार । पाल्पा जिल्लामा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ३९ पुगेको छ ।भरतपुर अस्पतालले बिहीबार बिहान जारी गरेको सूचनामा असार १० गते भएको आरटी पीसीआर परीक्षणमा पाल्पाका विभिन्न ठाउँबाट २३४ वटा नमुना परीक्षणका लागि आएकामा ९३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको उल्लेख छ ।

     प्रदेश ५ मा बुधबार मात्रै  १०८ जना नयाँ संक्रमित थपिएका थिए । प्रदेश जनस्वास्थ्य निर्देशनालयले बुधबार राति अबेर अद्यावधिक गरेको तथ्यांक अनुसार प्रदेश ५ मा कारोना संक्रमितको संख्या २ हजार ९ सय ४ पुगेको थियो । पाल्पामा ९३ जना संक्रमित थपिएसँगै प्रदेश ५ मा संक्रमितको संख्या तीन हजार नजिक पुगेको छ ।जिल्लागत रुपमा कपिलवस्तुमा ७०४, बाँकेमा ३५०, पाल्पामा ३३९, दाङमा ३२८, रुपन्देहीमा २६६, अर्घाखाँचीमा २५०, गुल्मीमा २४७, प्युठानमा १८४, बर्दियामा १५५, नवलपरासीमा ७८, रोल्पामा ४५ र रुकुमपूर्वमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : ११ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६