ब्रेकिंग न्युज

मदाने गाउँपालिकाबाट केन्द्रको टुङ्गो



गुल्मी ११ असार । गुल्मीको मदाने गाउँपालिकाले केन्द्र टुङ्गाएको छ । गाउँपालिकाको बुधबार सम्पन्न गाउँसभाले मदाने गाउँपालिका –६ छिर्नेमा गाउँपालिकाको केन्द्र निर्धारण गर्ने निर्णय सर्वसम्मत पारित गरेको हो । स्थानीय तहको निर्वाचन भएको लामो समयसम्म पनि केन्द्र नटुङ्ग्याउँदा पालिकाका नागरिकलाई समस्या भएकाले गाउँसभाबाटै केन्द्र टुङ्गो लगाइएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिनुभयो । 

              गाउँपालिकाको भवन बनाउनका लागि यसअघि नै पाँच रोपनी जग्गा प्राप्त भइसकेको छ । अहिले थप पाँच रोपनी गरी कुल १० रोपनी जग्गा भवन बनाउन निः शुल्क प्राप्त भएको छ । गाउँपालिकाको प्रशासकीय भवन बनाउनका लागि गाउँसभाबाट रु एक करोड ५० लाखसमेत विनियनोजन गरिएको छ । उक्त रकमले पनि नपुगे प्रदेश वा केन्द्र सरकारबाट रकमको लागि पहल गरिने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले जानकारी दिनुभयो ।  यससँगै जिल्लाका १२ मध्ये १० स्थानीय तहको केन्द्र टुङ्एिको छ । इस्मा र मालिका गाउँपालिकाको केन्द्र भने अझैसम्म  टुङ्गो लाग्न सकेको छैन ।

प्रकाशित : ११ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६