ललिलटपुर, ११ असार । ललितपुरमा कोरोना सङ्क्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । गत असार ४ गते महालक्ष्मी नगरपालिका वडा नं ५ टीकाथली बस्ने स्थायी ठेगाना चितवन जिल्ला रत्ननगर घर भएका ५० वर्षीय पुरुषको कोरोना पुष्टि भएसँगै आज बिहान ७ बजे पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
ती व्यक्तिको पाँच महिनाअघि भक्तपुर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।” निजको शव व्यवस्थापन नेपाली सेनाले गर्ने भएको छ । जेठ १५ गते ललितपुर महानगरपालिका वडा नं २२ बुङ्मती घर भएका ५७ वर्षीय पुरुषको ग्वार्कोस्थित किष्ट मेडिकल केलजमा कोभिड–१९ का कारण मृत्यु भएको थियो ।
प्रतिक्रिया