ब्रेकिंग न्युज

कार्य सम्पादन सन्तोषजनक नभए कर्मचारीलाई हटाउने चेतावनी



काठमाडौं १४ असार। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कार्य सम्पादन सन्तोषजनक नभए कर्मचारीलाई हटाउने चेतावनी दिएका छन् ।आइतबार मन्त्रालयमा सिनियर मेनेजमेन्ट टिम ( एसएमटी) बैठकमा मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको सुरुवातवाटै मन्त्रालय काममा ‘प्रोएक्टिभ’ भएर काम सुरु हुने बताए ।‘अहिल्यै मैले पूर्व सूचना गरेको छु । साउनवाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौं । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ । त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला,’ उनले भने ।आफूले प्रधामन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदै मन्त्री भट्टराइले कर्मचारीले मन्त्रालयका सचिवसँग गरेको कार्यसम्पादनको नतिजा आउने गरी काम गर्नुपर्ने उल्लेख गरे ।

             सम्झौताअनुसार काम भए नभएको हेरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कारवाहीको प्रक्रिया थालिने उनको भनाइ छ ।हरेक १ वर्षमा कक्षा चढेजस्तै आफूहरुको पनि एउटा कक्षा चढ्ने बेला आएको उल्लेख गर्दै उनले अब राम्रो अकंका साथ कक्षा उर्त्तीण हुनुको विकल्प नरहेको समेत स्पष्ट पारे ।चालू वर्षमा सम्पन्न हुन वाँकी काम पनि १५ दिनभित्र गर्न उनले निर्देशन दिए । बैठकमा मन्त्री भट्टराईले प्रत्येक हप्ता प्रत्येक महाशाखाहरुको कामको रिर्पोटिङ गरिने जानकारी दिए ।कोभिड(१९ पछि सबै विमानस्थल सञ्चालन गर्ने गरि प्रोटोकलको पूर्वतयारी गर्न, होटल था रेष्टुरेन्ट व्यवसायक सञ्चालनका लागि जारी भएको प्रोटोकलको कार्यन्वयन र अनुगमन गर्न पनि सम्बन्धित महाशाखारनिकाय प्रमुखलाई निर्देशन दिएका छन् ।

प्रकाशित : १४ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६