मर्स्याङ्गदी १४ असार । सेवा प्रदायक संस्थामा भएको हिनामिना विरुद्ध राइनस ७ मा प्रदर्शन भएको छ । राइनस नगरपालिका वडा न ७ स्थित मर्स्याङ्गदी कल्याणकारी बचत तथा ॠण सहकारी मा भएको आर्थिक हिनामिना को दोषीलाई कारबाहीको माग राख्दै स्थानीय चेपे मर्स्याङ्गदी युवा क्लबको आह्वानमा स्वतन्त्र युवाहरूबाट सहकारी को कार्यलय अघि विशेष प्रदर्शन भएको हो । मर्स्याङ्गदी कल्याणकारी बचत तथा ऋण सहकारी सस्था लि। को ब्यबस्थापन समितीले केही समय अघि सहकारी शिल गरि आन्तरिक अडिट बाट करिब ४९ लाख रुपैयाँ हिनामिना भएको सार्वजनिक गरिएको थियो ।
जस अनुरुप समितिले स्थानिय बुद्धिजीवी हरुको रहोवरमा यहि जेष्ठ मसान्तसम्म पुर्व कोषाध्यक्ष लक्ष्मी प्रसाद चिलुवाल ले गरेको हिनामिना रकम करिब २५ लाख र कर्मचारी एलिना चिलुवाल ले गरेको करिब २४ लाख रुपैया धरौटी स्वरुप बुझाउन र हर्जना पछि तिर्न निर्देशन गरेको थियो । सहकारी को सेयर सदस्य समेत रहेको चेपे मर्स्याङ्गदी युवा क्लबले सहकारी ऐन २०७४ अनुरुप सजायको माग राख्दै सम्बन्धित सहकारी को ब्यबस्थापन समिती, रा न पा वडा न ७ को कार्यलय तथा प्रहरी प्रशासनमा आवश्यक कारबाही सम्बन्धमा तयार भएको पत्र हस्तान्तरण गरेको छ । मध्याह्न १२ बजे राइनस ७ बगरगाउ बाट सुरु भएको र्याली सहितको विरोध प्रदर्शन कार्यक्रम वडा कार्यालय, सहकारी कार्यालय हुँदै धमिलिकुवा चोक पुगेर पुन सहकारी कार्यालय आइ कोण सभा गरि समापन भएको हो । हरेक युवा मास्क सहित हातमा विभिन्न सिर्जनात्मक नारा बोकेर सामाजिक दुरी कायम गरि प्रदर्शनमा सरिक भएका थिए । स्थानीय ब्यक्तित्वहरुको पनि प्रदर्शनमा राम्रो उपस्थिति थियो ।
प्रतिक्रिया