बुटवल १५ असार । रुपन्देहीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको देवदह नगरपालिका २ राजावारी स्थित भित्री कच्ची बाटोको छेउमा आइतबार एक पुरुषको शव फेला परेको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता राजकुमार वैदाबारले बताए ।नाम थर नखुलेका अन्दाजी ३५ ४० वर्षको तराई मुलको जस्तो देखिने खरानी रङको हाईनेक, खाकी कलरको पाइन्ट लगाएको हल्का दाह्री जुङगा पालेको पुरुष व्यक्तिको वेवारिसे शव फेला परेको र मृतको नजिकै बोराको झोला, झोला भित्र कवाडको सामानहरु र विषादीको बट्टा फेला परेको समेत बताए ।
मृतको पुरुषको शरिरमा बाहिरि चोट नदेखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबिच आइतबार नै एक बालक झुन्डिएर आत्महत्या गरेका छन् । बुटवल उपमहानगरपालिका–१३ मा रहेको बाल कल्याण गृहमा विगत ४ वर्षदेखि बस्दै आएका देवदह नगरपालिका ९ का १४ वर्षीय बालकाले आफु सुत्ने कोठाको सिलिङ पंखामा तन्नाको पासो लगाएर आत्म हत्या गरेको प्रहरी प्रवक्ता वैदबारले बताए ।
प्रतिक्रिया