ब्रेकिंग न्युज

आइसियूमा रहेका ३ ले जिते कोरोना ,अझै २ आइसियू मै



रुपन्देही १५ असार ।  आइसियूमा उपचाररत ३ जनाले कोरोना जितेर घर फर्किएकाछन् । अझै २ जना आइसियू मै रहेका छन् । बुटवलको कोरोना विशेष आईसोलेसन अस्पतालबाट डेंगीसंगै कोरोनाको समेत संक्रमण पुष्टि भएका दाङका युवा सहित सातजना व्यक्तिहरु कोरोना मुक्त भएर घर फर्किएका छन् ।सोमबार कोरोना जितेर घर फर्किनेमध्ये दुईजना दाङका र एकजना रुपन्देहीका गरि तिनजना आईसियूमा भर्ना भएका थिए भने चारजना आईसोलेसनमा रही उपचाररत थिए ।

        लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले प्रेसपाटीलाई दिएको जानकारी अनुसार कोरोनासंगै डेंगीको समेत संक्रमण देखिएका दाङको बबई गाउंपालिका वडा नं। ६ का ३० वर्षिय युवा सोमबार कोरोना मुक्त भएर घर फर्किएका हुन् ।त्यस्तै आईसोलेसनमा भर्ना भएका दुईजना पश्चिम नवलपरासीका  हुन् । यस्तै  कपिलवस्तु र गुल्मीका एकएकजना व्यक्ति पनि कोरोना मुक्त भएर घर फर्किएका हुन् । हाल आईसोलेसन अस्पतालमा ८ र आईसियूमा दुईजना संक्रमित उपचाररत रहेका छन् ।

प्रकाशित : १५ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६