दाङ १६ असार। अज्ञात समूहको सांघातिक आक्रमणबाट दाङको शान्तिनगर गाउँपालिका २ का वडाध्यक्ष फर्साराम डाँगी गम्भिर घाईते भएका छन् । मंगलबार बिहान ११ः ४० बजेतिर अज्ञात समूहले कार्यकक्ष मै सांघातिक आक्रमण गर्दा घाईते डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए ।
डाँगीको टाउको र खुट्टामा गम्भिर चोट लागेको छ । उनलाई ४ ५ जनाको समूहमा आएका व्यक्तिहरुले दाउरा र रडले आक्रमण गरेको डिएसपी सिंहले बताए । घटनास्थल नजिकै विप्लवको पर्चा समेत भेटिएको भन्दै यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ । डाँगीलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भईरहेको गाउँपालिका अध्यक्ष कमानसिह डाँगीले जानकारी दिए ।
प्रतिक्रिया