काठमाडौँ १७ असर । नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ । बुधबार सैनिक अदालतले सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै अधिकृतलाई सैनिक आचरण विपरीत गतिविधि गरेको कसुरमा बर्खास्त गरिएको पुष्टि गरे ।बर्खास्त भएका सहायक रथी रावल अमेरिकाबाट भर्खर मात्रै वार कलेज सकेर फर्किएका हुन् । महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा परेका थिए ।
दुवै अधिकृतमाथि माथिल्लो तहबाट भएको आदेश पालना नगरेको,नीति निर्देशन अवज्ञा गरेको,अहोदामा नबसेको र सैनिक अनुशासन उल्लंघन गरेको कसुरमा जनरल सैनिक समरी अदालतले दोषि ठहर गरेको छ, सहायक रथी पाण्डेले भने ।
प्रतिक्रिया