ब्रेकिंग न्युज

गुल्मी पहिरो डेढ वर्षे बालकको मृत्यु, दुई जना बेपत्ता



गुल्मी, १९ असार । गुल्मीको इश्मा गाउँपालिकामा पहिरोमा परेर डेढ वर्षे बालकको मृत्यु भएको छ । एक जना पुरिएका छन् ।इश्मा गाउँपालिका–१ हस्तीचौरको सारु गाउँमा गएको पहिरोमा परेर बसन्त सारुका डेढ वर्षका छोरा सिजन सारुको मृत्यु भएको छ । त्यस्तै रिखबहादुर खत्रीकी ७ वर्षीया छोरी अपेक्षा खत्री बेपत्ता छिन् ।स्थानीय इश्वरा खत्रीसहित चार जना गम्भीर घाइते रहेको वडा सदस्य जंगबहादुर कुँवरले जानकारी दिएका छन् । इश्मा गाउँपालिका– १ का स्वास्थ्य इन्चार्ज सम्शुल हक मियाले सारुगाउँमा गएको पहिरोमा दुई घर पुरिएको र दुई जना बेपत्ता भएको बताएका छन् ।त्यस्तै मुसिकोट नगरपालिकामा पनि एक जना बेपत्ता भएका छन् ।

           बिहीबार रातिदेखि परेको वर्षाले मुसिकोट नगरपालिका–२ मा आठ गोठ र २ घर बगाएको छ ।‘अहिले पहिरो झरिरहेकाले पुग्न सक्ने अवस्था पनि छैन्,’ स्वास्थ्य इन्चार्ज मियाल् भने, ‘गाउँमा पुग्न सक्ने सहज बाटो पनि नभएकाले अर्को बाटो हुँदै उद्धारका लागि जाने प्रयास भइरहेको छ ।’घटनास्थलमा मुसिकोट प्रहरी चौकीबाट प्रहरी पुग्न थालेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए । पहिरोले इश्मामा २ घर बगाएको र मुसिकोटमा कम्तिमा ५ घर बगाएको जानकारी आएको उनले बताए ।‘इश्मा र मुसिकोटमा स्थानीय चौकीको प्रहरी टोली पुगिसकेको छ,’ उनले भने, ‘उद्धारको कार्यमा लागेकाले थप विवरण आइपुगेको छैन ।’

प्रकाशित : १९ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६