कञ्चनपुर १९ असार । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ महिलामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । गए राति वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा मदिरा सेवन गरी महिलामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादु थपा क्षेत्रीले जानकारी दिनुभयो ।प्रहरीले नियन्त्रणमा लिएका नाथलाई रातिनै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाएको छ ।
बिहिवार दिउसोदेखि पीडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले राती सवा ८ बजे उनीमाथि दुव्र्यवहारको प्रयास गरेको आरोप लागेको छ।घटनापछि बिहीबार राति ब्रह्मदेव क्षेत्र तनावग्रस्त भएको थियो । वडाध्यक्षले महिलालाई दुव्र्यवहार गरेको भन्दै आक्रोषित स्थानीयले सीमा प्रहरीचौकी ब्रह्मदेव घेराउ गर्दै कारवाही मागसहित नाराबाजी गरेका थिए । उनीमाथि अहिले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया