प्रदेश

लमहीमा नयाँ संक्रमित थपिए ,दाङमा ५९५ संक्रमित



दाङ २० असार  । दाङको लमही र राजपुरमा गरी थप ८ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार गरिएको स्वाब परिक्षणमा लमही नगरपालिकामा ६ र राजपुर गाउँपालिकाका २ जना गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा संक्रमितको संख्या ५ सय ९५ पुगेको छ ।

        जस अनुसार लमही नगरपालिका वडा नम्बर ५ मा २२ वर्षका महिला र पुरूष गरी २ जना, सोही वडाकै २३ र १२ वर्षका बालिका, ३ नम्बर वडाका ३० वर्षीया महिला, २ नम्बर वडामा २८ वर्षका पुरूषमा कोरोना पुष्टि भएको छ ।   यस्तै राजपुर गाउँपालिका वडा नम्बर २ का ३० वर्षका पुरूष र ७ नम्बर वडामा २८ वर्षका पुरूषमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जानकारी दिएको छ । ३१ जनाको पिसिआर परिक्षण गर्दा २३ जनाको नेगेटिभ र ८ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित : २० असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६