ब्रेकिंग न्युज

कोरोना रिपार्ट : लगातार ३ पटक पोजेटिभ ४६ दिनपछि नेगेटिभ



लगातार ३ पटक  पोजेटिभ देखिएका शिवराज नगरपालिकाका २ युवा ४६ औ दिनमा कोराना मुक्त हुदै घर फर्केका छन् । दुबैको चैथो पिसिआर रिपार्ट नेगेटिभ आए पछि उनीहरु घर फर्केका हुन । नगरले पिसिआर रिपार्ट नेगेटिभ नआए सम्म आईसोलेशन मै राख्ने निर्णय गरेको थियो । शिवराज नगरपालिका वडा नम्बर ३ का १८ बर्षिय तथा वडा नम्बर ११ का १९ बषिय युवा ४६ औ दिन पछि निको भई घर फर्कको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक चुडामणि भट्टराईले वताउनुभयो । 

         गत असार १५ गते गरिएको स्वाब संकलनको पिसिआर रिपार्ट नेगेटिभ आए पछि उनीहरुलाई घर जना दिईएको भट्टराईले वताउनु भयो । क्वारेन्टाईन र आइसोलेशन गरी दुबै युवाले ४५ दिन बिताएका थिए । यता पछिल्लो २४ घन्टामा शनिबार थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको वताउनु भयो । यस्तै भाइरस संक्रमणबाट थप दुईको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा असार २० गते शनिबार बिहान ५ बजे मृत्यु भएको बताए । उनी मधुमेहका बिरामी थिए ।

        उनको असार १९ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो । उनी १७ गते कतारबाट नेपाल फर्किएका थिए ।त्यसैगरी मृत्यु हुनेमा रुपन्देही देवदह नगरपालिकाका ७५ वर्षीय वृद्ध रहेका छन् । उनी क्षयरोगको उपचार गराइरहेका थिए । उनको असार १७ गते मृत्यु भएको र कोरोना रिपोर्ट पोजिटिभ भने असार १८ गते आएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

प्रकाशित : २० असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६