सूचना र प्रविधि

जनअदालतका नाममा बिवादास्पद उर्दी ,मेयरलाई घर छाड्नआदेश



रुपन्देही २० असार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जनअदालत रुपन्देहीले देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीलाई आफ्नो निवास छाड्न ‘धम्कीपूर्ण’ पत्र दिएको छ । जनअदालतमा परेका मुद्धामा खत्री दोषी सावित भएको भन्दै जनअदालतले १० दिनभित्र देवदह नगरपालिका वडा नम्बर १०, भलुहीचोकमा रहेको घर खाली गर्न निर्देशन दिएको हो ।जनअदालत रुपन्देहीका प्रमुख कमलमणिद्वारा हस्ताक्षरित सूचनामा अदालतको निर्देशन अवज्ञा गरे जिल्ला जनपरिषद्को नीति अनुसार कारवाही हुने चेतावनी दिइएको छ ।

        तत्कालीन जनयुद्धताका देवदह नगरपालिका वडा नम्बर ३ मा रहेको १० बिगाहा ९ कठ्ठा जमिन भूमिहिनलाई दिइएकोमा मेयर खत्रीलेले उनीहरुको उठिवास बनाउने गरी जमिन खोसेको आरोप जनअदालतले पुष्टि गरेको जनाइएको छ । उक्त जग्गा भूमिहीनकै अधिकार भएको नेपालले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । देवदह नगरपालिकाले सो जग्गा असार १ गते भत्काएको थियो । त्यहा बस्दै आएका ३५ परिवारले सो जमिनमा खेती लगाउँदै आएका थिए । जनअदालतले मेयर खत्रीले विकास निर्माणमा भ्रष्टाचार, नदीजन्य पदार्थको दोहन, सार्वजनिक बनको तस्करी र सार्वजनिक जग्गाको दुरुपयोग गरेको आरोप पुष्टि गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । मेयर खत्रीले सो पत्रको सूचना आफूले पनि पाएको वताउनु भएको छ । 

प्रकाशित : २० असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६