स्वास्थ्य

संक्रमण तीब्र वृद्धि,परीक्षण सुस्त



 धनगढी २१ असार। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण तीब्र वृद्धि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ४ जिल्लामा कोरोना संंक्रमितको संख्या ५०० नाघेको छ । शनिबारसम्म कैलालीमा ८२९, अछाममा ५८६, बाजुरामा ५३९ र डोटीमा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या अहिलेसम्म तीन हजार ५९४ पुगेको छ ।

                 सूदरपश्चिममा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।प्रदेशमा देखिएका अधिकांश संक्रमित स्थानीय तहको क्वारेन्टिनमा रहेको हुँदा समुदायमा संक्रमण नफैलिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।‘अहिले संक्रमितहरु समुदायमा छैनन् । घरमा गएकाहरू पनि १४ दिन क्वारेन्टिन बसेर गएका हुन्’ उनले भने ‘संक्रमितहरु नियन्त्रण र निगरानीमै छन् । त्यसैले समस्या छैन ।’

संक्रमण तीब्र, परीक्षण सुस्त

              २२ चैतसम्म ४ जना संक्रमित रहेको सुदूरपश्चिम प्रदेशमा हाल संक्रमित संख्या ३ हजार ५९४ पुगेको छ । कैलालीमा २२ चैतमा ३ जनामा संक्रमित भएकामा अहिले ८२९ जना पुगिसकेका छन् ।संक्रमित बढे पनि परीक्षणमार्फत संक्रमितको पहिचान गर्न ढिलाइ भएको छ । प्रदेशमा हालसम्म २२ हजार १४७ जनाको मात्रै परीक्षण गरिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार २ हजार ५९४ जनाको रिपोर्ट आउन अझै बाँकी छ ।सुदूरपश्चिममा कोरोना परीक्षणका लागि एउटामात्र प्रयोगशाला छ । ‘यहाँ एउटा मात्रै उपकरण छ ।

            जहाँ दैनिक २५० जनाको मात्रै परीक्षण हुन्छ’ स्वास्थ्य निर्देशक डा‍। गुणराज अवस्थीले भने, ‘त्यति थोरैको स्वाब परीक्षण गरेर प्रदेश भरिका सङ्क्रमित पत्ता लगाउन कठिन छ ।’उनले प्रदेशमा सबै भन्दा धेरै जोखिम भारतबाट आउनेहरुबाट रहेको बताए । ‘अहिलेसम्म क्वारेन्टिनमा रहेकाहरूमा मात्रै संक्रमण देखिएको छ’ डा। अवस्थीले भने, ‘समुदायमा संक्रमण देखिन थाल्यो भने अवस्था भयावह हुन्छ ।’

अनलाईन खबर

प्रकाशित : २१ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६