एजेन्सी, २३ असार । बन्यजन्तुको चोरी शिकार तथा दुरूपयोग हुने क्रम बढ्दै गएको खण्डमा भविष्यमा कोरोना भाइरसभन्दा घातक अरू ठूला खाले महामारी आउन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । जनावरबाट मानिसमा सर्ने (जुनोटिक रोग)हरु बढ्दै गएको र वन्यजन्तु तथा वातावरण संरक्षणमा चासो नदिने हो भने त्यो अझै विस्तार हुने संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले चेतावनी दिएका हुन्।
जनाबरबाट मनिसमा सर्ने जुनोटिक भनिने रोगले हरेक वर्ष बीस लाख मानिसको ज्यान गइरहेको छ । बितेको एक शताब्दीमा हामीले कम्तीमा छवटा नयाँ प्रजातिका कोरोना भाइरसजस्ता महामारी देखेका छौँ,’ राष्ट्रसङ्घकी उपमहासचिव तथा वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इंगर एन्डरसनले भनिन्।
कोरोना भाइरस (कोभिड –१९ को उत्पत्ति हुनु हुनुमा जनावरको मासुप्रति मानिसहरूको आशक्ति, अनुचित कृषि अभ्यास तथा जलवायु परिवर्तन कारक रहेको विज्ञहरूले ठम्माई छ ।राष्ट्रसङ्घको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले मानव, जनावर तथा वातावरणीय स्वास्थ्यबीच तादात्म्य हुनुपर्ने पनि बताएको बीबीसीले जनाएको छ। ५० वर्षयता मासु उत्पादन २६० प्रतिशतले बढेकोसमेत राष्ट्रसंघले जनाएको छ ।
प्रतिक्रिया