स्वास्थ्य

मार्बलले किचेर गम्भीर घाइते बनेका कामदारको हेलिकोप्टरबाट उद्धार



खोटाङ, २३ असार । गाडीबाट झार्ने क्रममा मार्बलले किचेर गम्भीर घाइते बनेका दुई कामदारको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङमा बिच्छ्याउन गाडीमा ल्याइएको मार्बल झार्ने क्रममा सोही मार्बलले किचेर गम्भीर घाइते बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ३० वर्षीय भुवन आचार्य र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–५ माम्खाका २४ वर्षीय कृष्ण कार्कीलाई सोमबार साँझ हेलिकोप्टरबाट उद्धार गरिएको हो । 

ना५ख ९५६९ नंको एलपी ट्रकमा तराईबाट ल्याइएको मार्बल दिक्तेल बजारस्थित कुमारी चलचित्र भवन नजिकै झार्ने क्रममा सोही मार्बलले किच्दा आचार्यको दाहिने हात र खुट्टा भाँचिनुका साथै शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको जनाइएको छ । सोही घटनाका अर्का घाइते कार्कीको दाहिने खुट्टाको घुँडामाथिको भाग भाँचिनुका साथै शरीरमा समेत चोट लागेको स्वास्थ्यकर्मीले बताएका छन् । घाइतेमध्ये आचार्यको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताउनुभयो ।

               घटनालगत्तै स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा उद्धार गरेर जिल्ला अस्पताल खोटाङमा भर्ना गरिएका दुवै जनाको उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टर झिकाएर काठमाडौँ पठाइएको प्रनाउ चिमोरियाले जानकारी दिनुभयो । घाइते दुवैलाई काठमाडौँस्थित ट्रमा सेन्टरमा भर्ना गरेर उपचार शुरु गरिएको गम्भीर घाइते आचार्यका आफन्त सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० खोटाङका कार्यालय सदस्य कुमार आचार्यले बताउनुभयो । घाइतेलाई काठमाडौँबाट रु एक लाख ८० हजारमा एयर डाइनास्टिक हेलिकोप्टर चार्टर्ड गरेर पठाइएको जनाइएको छ । 

प्रकाशित : २३ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६