ब्रेकिंग न्युज

नेकपा विवाद मिलाउन चिनियाँ यान्छीको सक्रियता बढ्दै



काठमाडौं २३ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट ( पार्टी ) नेकपा भित्रको विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । सोही क्रममा राजदूत यान्छीले नेकपाका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्र बनाएकी हुन् । मंगलबार बिहानमात्रै यान्छी र नेकपाका वरिष्ठ नेता झलनाथ खनालबीच झण्डै ४५ मिनेट भेटवार्ता भएको छ । स्रोतका अनुसार नेता खनालालाई भेट्न यान्छी बिहान ९ बजे खनाल निवास डल्लु पुगेकी थिइन् ।

                      त्यहाँबाट उनी ४५ मिनेटपछि बाहिरिएकी थिइन् । यसअघि आइतबार साँझ राजदूत होउले अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेटवार्ता गरेकी थिइन् । सत्तारुढ दलभित्र शक्ति संघर्ष चुलिएका बेला चिनियाँ राजदूत होउको सक्रियतालाई राजनीतिक बृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ । यसअघि गत वैशाखमा नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला पनि राजदूत होउको सक्रियता बढेको थियो । त्यसक्रममा उनले नेकपाका शीर्ष नेताहरुसँग भेटेपछि विवाद केही मत्थर भएको थियो । केही दिन पहिले यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेका खवरहरु सार्वजनिक भएका थिए । 

रातोपाटी

प्रकाशित : २३ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६