ब्रेकिंग न्युज

रोटरी क्लव अफ तुलसीपुर सिटीको अध्यक्षमा – हमाल



दाङ,२४ असार । रोटरी क्लव अफ तुलसीपुर सिटीको अध्यक्षमा यातायात व्यवसायी सुरेश हमाल चयन हुनुभएको छ । तुलसीपुरमा भएको १३ औ पद हस्तान्तरण कार्यक्रममा हमाललाई सर्वसम्मत चयन गरिएको हो । अध्यक्ष देववहादुर केसीले रोटरी चेन हस्तान्तरण गरेर हमाललाई कार्यभार सुम्पनु भएको थियो । सन् २०२०–२१ का लागि चयन भएको कार्यसमितिको निवर्तमान अध्यक्षमा देववहादुर केसी, भावी अध्यक्षमा शिव श्रेष्ठ, प्रस्तावित अध्यक्षमा यज्ञवहादुर केसी, उपाध्यक्षमा पवन कुमार योगी, बिनिल केसी र सन्दिपन रिजाल रहनु भएको छ । 

             एकवर्षका लागि चुनिएको कार्यसमितिको सचिवमा देवेन्द्र केसी, कोषाध्यक्षमा दुर्गा बहादुर केसी र सहसचिवमा बुद्ध प्रकाश सिंह रहनु भएको छ । त्यसैगरी चेयर क्लब एडमिनिष्ट्रेसनमा दिपेश भण्डारी, चेयर सर्विस प्रोजेक्टमा रुपेश शर्मा, चेयर मेम्बरशिपमा सञ्जय पराजुली, चेयर पब्लिक ईमेजमा राजिव वली, चेयर टिआरएफमा उज्जवल श्रेष्ठ र मर्यादापालकमा मनोज बस्नेत चयन हुनुभएको छ । 

           क्लबका उपाध्यक्ष शिव श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि रोटरी ईन्टर्नेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका पूर्व असिष्टेण्ट गभर्नर कुशल तर्तालले रोटरीको भावना र मर्मलाई आत्मसाथ गर्दै सामाजिक कार्यमा एकजुट भएर लाग्न सम्पूर्ण रोटरियनहरुलाई आग्रह गर्नु भएको थियो साथै उहाँले   रोटरीको ६ वटा लक्षित क्षेत्र शिक्षा, स्वास्थ्य, बातावरण, खानेपानी, मातृ शिशु र सामुदायिक बिकासलाई केन्द्रमा राखेर कार्ययोजना बनाउन नवनिर्वाचित अध्यक्ष लगायत नयाँ कार्यसमितीलाई सुझाव दिनु भएको थियो । 

         क्लबका पूर्व अध्यक्ष अनुप कुमार श्रेष्ठ, राजेन्द्र प्रसाद श्रेष्ठ , रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नबिन राई लगायतले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु बिमल रिजाल, ललित बहादुर घर्ती, विर बहादुर रावत, तुफानबाबु श्रेष्ठ, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतको उपस्थिती रहेको थियो । 

                कार्यक्रममा रोटरी वर्ष २०१९\२० को आफ्नो कार्यकालमा सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गर्दै अध्यक्ष देववहादुर केसीले मायाको चिनो प्रदान गर्नुभएको थियो । दुई चरणमा सम्पन्न भएको कार्यक्रमको सहजिकरण वर्ष २०१९\२० का सचिव सन्दिपन रिजाल र वर्ष २०२०\२१ का सचिव देवेन्द्र केसीले गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वा्चिचत अध्यक्ष सुरेश हमाललाई क्लबका पूर्व अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी कुशल तर्तालले शपथ खुवाउनु भएको थियो भने अध्यक्ष हमालले आफ्नो टिमका नवनिर्वा्चिचत पदाधिकारीहरुलाई शपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष हमालले आफ्नो कार्यकालमा गरिने कार्यहरुको बारेमा संक्षिप्तमा प्रकाश पार्नु भएको थियो ।

प्रकाशित : २४ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६