पोखरा २४ असार । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ स्थानीय तहमा नयाँ संक्रमित फेला परेका हुन् ।संक्रमण पुष्टि हुनेमा पोखरा महानगरका १० जना छन् । उनीहरु २५ देखि ५१ वर्ष उमेर समूहका पुरुष छन् । उनीहरुमध्ये अन्नपूर्ण गाउँपालिका ठेगाना भएका एक जना, कुवेतबाट आएका २ जना, साउदी अरबबाट आएका ४ जना, युनाइटेड अरब इमिरेट्सबाट आएका एक जना र भारतबाट २ जना रहेको पोखरा महानगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमन्त पौडेलले जानकारी दिए ।
२४ असार २०७७, बुधबार
प्रतिक्रिया