स्वास्थ्य

प्रदेश अस्पतालमा थपियो पिसिआर



काठमाडौँ २४ असार ।  प्रदेश अस्पताल सुर्खेतमा कोभिड १९– को स्वाव परीक्षणका लागि नयाँ पिसिआर मेसिन थपिएको छ । प्रदेश अस्पतालले पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा जडान गरेको उक्त मेसिनबाट कोरोना परीक्षण शुरु भएको छ । यहाँ सञ्चालित मेसिन बिग्रिदा डेढसातादेखि कोरोना परीक्षण हुन सकेको थिएन । सुर्खेतमा परीक्षण बन्द भएपछि यहाँबाट दैलेख, जुम्ला र नेपालगञ्ज परीक्षणका लागि पठाउनुुपरेको थियो । अस्पतालका निर्देशक डाक्टर डम्मर खड्काले नयाँ मेसिन जडान गरेर परीक्षण शुुरु गरिएको जानकारी दिनुभयो ।

                उहाँका अनुसार नयाँ मेसिनले एक पटकमा ९६ वटा नमूना स्वाव परीक्षण गर्नसक्छ । प्रदेश सरकारको रु २४ लाख ९० हजार सहयोगमा उक्त मेसिन खरिद गरिएको हो । हाल कर्णालीमा सुर्खेतसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख जिल्ला अस्पतालबाट कोरोना परीक्षण हुँदै आएको छ । त्यस्तै, रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा पिसिआर मेसिन जडान गरिएको छ ।

प्रकाशित : २४ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६