कपिलवस्तु २५ असार । शिवराजको शिक्षा पढाईमा नयाँ तरीका ,बार अनुसारका कक्षा हुने गरी आंशिक रुपमा संचालनमा आएको छ । जस अनुसार पहिलो चरणमा केहि विद्यालयवाट पठन पाठन शुरु भएको छ । यसको प्रभावकारीता हेरेर अन्यमा समेत संचालनमा आउनेछ । कोरोना संक्रमणका कारण पठनपाठन हुन नसकेको बेलामा शिवराज नगरपालिकाका दुई विद्यालयले विहिबारदेखि नयाँ ब्यवस्था लागु गरि पठनपाठन सुरु गरेका हुन् ।
आदर्श मावि पिपरी र समयथान मावि खरेन्द्ररपुरले विद्यार्थी र अभिभावकलाई केही बन्देजमा राखेर सामाजिक दुरी कायम गरी पठन पाठन सुरु गरेको प्रेसपाटीलाई जानकारी दिएका छन् । कक्षामा सेनेटाइजर ब्यवस्थापन गरि सकेका छन् । कक्षा कोठालाई केहिदिन विराएर निर्मलीकरण गर्ने भएका छन् । विद्यालयमा आउँदा मास्क लगाएर आउनु पर्ने, बाटोमा आउँदा र विद्यालयमा कोहीसंग छोइन नहुने, विद्यालयले तोकेको बेन्चमा बस्नु पर्ने, साबुन पानीले हात धुनुपर्ने लगायतका प्रावधान विद्यार्थीहरुले पालना गर्नु पर्ने छ ।
यस्तै बालबालिकालाई रुघाखोकी लागेमा या ज्वरो आएमा विद्यालय नपठाउन र अनिवार्य रुपमा मास्कको ब्यवस्था गरिदिन अनुरोध गर्दै पठनपाठन सुरु गरिएको विद्यालयले जनाएका छन् । यता अभिभावकले विद्यालयले ज्वरो नाप्ने मेसिन राख्नु पर्ने र दिनहु तापक्रम लिनु पर्ने माग गरेका छन् । चेम्वर अफ कमर्शका अध्यक्ष महादेव पोख्रेलले स्थानीय तहले विद्यालयलाई ज्वरो मापन गर्ने फिभरगन दिदा अझै प्रभावकारीता आउने वताउनु भयो ।
प्रतिक्रिया