काठमाडौं २६ असार । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्देशक समितिको बैठक शुक्रबार सिंहदरबारमा बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बस्न लागेको हो ।बैठकमा बढ्दो संक्रमणको अवस्थाबीच यातायात सेवा सुरु गरेपछि आउन सक्ने चुनौतिबारे छलफल हुने भनिएको छ । साथै, आन्तरिक हवाई सेवा सञ्चालनबारे पनि छलफल हुनसक्ने भनिएको छ ।यसअघि छाउनीस्थित सीसीएमसी–अप्सको कार्यालयमा बैठक बस्ने गरेको थियो ।
तर, विरोध भएपछि मन्त्रीहरु रहेको निर्देशक समितिको बैठक सिंहदरबारमै राख्न थालिएको छ ।समितिमा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, उद्योग मन्त्री लेखराज भट्ट, सञ्चारमन्त्री युवराज खतिवडा लगायत छन् ।
प्रतिक्रिया