पर्यटन

एक साझेदारी : ४ पालिकाको जिम्मेवारी



कपिलवस्तु २८ असार ।एक साझेदारी चार पालिकाको जिम्मेवारी यो यथार्थता हो लुम्विनी साझेदारी बन कञ्चन रुपन्देहीको । करिव १३२१ ह्ेक्टर क्षेत्रफलमा फैलिएको यो बनले कञ्चन गाउपालिका, सैनामैना नगरपालिका ,गैडहवा गाउपालिका र लुम्विनी सास्कृतिक नगरपालिकाका समस्त १ लाख वढी उपभोक्तालाई सुविधा पुराउदै आएको छ । वनको बैज्ञानिक तवरवाट विकास र दिगो व्यवस्थापन गरी स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्धेश्यले स्थापित  वन मध्यको एक उदाहरणीय बन  लुम्बिनी साझेदारी वन हो । वि स २०६७ सालमा  जिल्ला वन कार्यलय रुपन्देहिमा  दर्ता भएको यो वन रुपन्देही जिल्लाको कञ्चन गाउपालिका र सैनामैना नगरको उत्तर पश्चिमी  निकट क्षेत्रमा अबस्थित छ ।  


        साझेदारी दारी बन ब्यवस्थापन समितिका अध्यक्ष जविउल्लाह खांले वन संरक्षण,व्यवस्थापन र तस्करी नियन्त्रणमा वन पदाधिकारी ,कर्मचारी र स्थानियको  अथक प्रयासले जंगलमा चोरी तस्करीमा कमी आएको बताउनु भयो । अध्यक्ष खांले वन संरक्षण,व्यवस्थापन र तस्करी नियन्त्रणमा वन पदाधिकारी ,कर्मचारी र स्थानियको  अथक प्रयासले जंगलमा चोरी तस्करीमा कमी आएको बताउनु भयो । २०६९÷७० तिर वैज्ञानिक वन व्यवस्थापनको कार्य सुरु हुँदा संरक्षण होला भनेर धेरैले पत्याउन सकेका थिएनन् उहाले पृष्ठभूमी कोटयाउनु भयो ।  धमाधम ठूला रुख काटेको देख्दा कतिपय विरोध गर्नेहरुले अहिले लुम्बिनी साझेदारी वनले गरेको काम देखेर  दङ्ग परेका छन् खाले भन्नु भयो । वन ब्यवस्थापनका लागि कम्पार्टमेन्ट सब कम्पार्टमेन्ट फायरलाईन निर्माण ,थिनिङ्ग, पुर्नरुत्पादन ,ढलपाडा रुखलाई संकलन गरेर काठ दाउराको रुपमा चटटा लगाउने काम सिजन अनुसार निरन्तर जारी रहेको उहाँको भनाई छ   ।

        वैज्ञानिक तवरले व्यवस्थापन गरी आय आर्जन र रोजगारीमा समेत टेवा पुराउन साझेदारी वनमा बैज्ञानिक वन व्यवस्थापनको सुरुवात भएपछि बनको हैसियत बढेर गएको छ  । जसमा १५ हेक्टर वन ब्यवस्थापन भएको छ । हालका सैनामैना ,लुम्विनी सास्कृतिक नगरपालिका सहित कञ्चन गैडहवा लगायतका  ४ गाउपालिकाका २५ हजार ९ सय ३४ घरधुरीका १ लाख ६५ हजार १ सय ५७ जनसंख्या वनका उपभोक्ता रहेका छन् । यो वनमा ती आश्रित रहेको अध्यक्ष खाले बताउनुभयो ।     

        वनको उत्पादनका रुपमा काठ दाउरा र घासपातले  दैनिक उपभोगमा  सहजता थपेको छ् । वनको बिकास र सरक्षणका लागि खालि क्षेत्रमा हरेक बर्ष  बृक्षरोपण गरि वन क्षेत्रको सरंक्षण हुदै गएको भन्नु  हुन्छ सो बन ब्यवस्थापन समितिका सदस्य सचिव एवम सहायक बन अधिकृत धनिश्वर न्यौपाने । साझेदारी वनको अवधारणा जति सुन्दर छ , यसको विकास कार्य निकै जटिल छ भन्दै जटिल कार्य सहज पारिएको  सहायक वन अधिकृत एवम साझेदारी बनका सदस्य सचिव न्यौपानेले तर्क गर्नु भयो ।


    वनको दिगो सुधार र वन पैदावारको उत्पादन सहज वितरण गर्ने उद्देश्यले वैज्ञानिक व्यवस्थापनको अवधारणा आएको उहाँ बताउनु हुन्छ  । वनले कब्जा भएको जग्गा दिएन र वसोवास  गर्न पाईएन् भनेर  बिरोधी ठान्नु मुर्खता मात्र रहेको उहाको ठहर छ । वनबाटै समृद्धि हासिल गर्न र वन स्रोतको दिगो सदुपयोग गर्न हाल वनको बैज्ञानिक ब्यवस्थापन लागु भईसके पछि यो साझेदारी वनले नमुना योग्य काम गरेको उहाले दावि गर्नु  भयो ।  

प्रकाशित : २८ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६