ब्रेकिंग न्युज

राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा आयोजना हुने



काठमाडौं २८ असार । विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपाल भरिका ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई सहभागी गराई अन्तरराष्ट्रिय युवा दिवस २०२० को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा नेपाल युवा परिषदले आयोजना गर्न लागेको छ ।सो राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा निर्बाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिबर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य बिषय बनाई आयोजना गर्न लागेको छ र यस सम्मेलन राजधानीमा आगामी अगष्ट ९, १०, ११ र १२, २०२० अर्थात श्रावण २५, २६, २७ र २८, २०७७ सम्म भर्चुअल रुपमा चल्नेछ ।कोभिड १९ को सक्रमंणलाई मध्यनजर गर्दै यस बर्षको राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा आयोजना गर्न लागिएको नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बानियाले जानकारी दिए ।

प्रकाशित : २८ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६