चितवन २८ असार ।कुनै महत्वपूर्ण कुरा गर्नु पर्दा आफ्नो निर्वाचन क्षेत्रमा पुगेर गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा अक्षुण रहने उद्घोष चितवनमा पुगेर गर्नु भएको छ । उहाले पार्टी विभाजन हुन कुनै हालतमा नदिइने बताउनुभएको छ । जिल्ला पार्टी कार्यालय चितवनमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई अक्षुण राखिने दृढता व्यक्त गर्नुभयो ।
कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “पार्टी विभाजित हुन दिइने छैन, पार्टीको एकतालाई अक्षुण्ण राखिनेछ, यो विश्वास म तपार्इंहरूलाई दिलाउन चाहन्छु ।” पार्टी एकताबद्ध हुने दृढता व्यक्त गर्दै उहाँले कार्यकर्तालाई भन्नुभयो, “अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहोला ।” उहाँले सबैले पार्टी एकताका पक्षमा नारा लगाउनुपर्नेमा पनि जोड दिनुभयो ।
पार्टीभित्र गम्भीर समस्या सिर्जना भए पनि आफू पार्टीमा देखिएका पछिल्ला सङ्कटबारे गम्भीर छलफलमा रहेको बताउँदै उहाँले नेता तथा कार्यकर्तालाई नहतारिन आग्रह गर्नुभयो । हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको बताउँदै उहाँले भन्नुभयो, “ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, विचार, विधि र जनवादी केन्द्रीयताका आधारमा एकताबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मान्नै पर्छ ।”
आफू सहितका शिर्ष नेता एक समुहमा लागेर बरालिएका हुन् की केपि ओली पार्टी पद्धती विरुद्ध गएका हुन जस्ता विषयले तपाईहरुलाई छोएकोहोला भन्दै सबैको लडाई सिस्टम स्थापित गर्ने र पार्टी निर्णय सबैलाई सर्बाेपरि हुने विषयमा विवाद रहेको औल्याउनु भयो ।








प्रतिक्रिया