ब्रेकिंग न्युज

नेपाली साहित्य विकास परिषद् यूकेको २५ औं वर्ष पूरा, ९३ जना सम्मानित



लन्डन २९ असार । नेपाली साहित्य विकास परिषद् यूकेले आफ्नो स्थापनाकालको २५ औं वर्ष पूरा गरेको अवसर पारेर रजत वार्सिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन, विकास र नयाँ नयाँ साहित्यिक प्रतिभाहरूको खोजी गर्ने उद्देश्यले सन् १९९५ मा नेपाली साहित्य विकास परिषदको बेलायतमा स्थापना गरिएको हो ।स्थापना कालको २५ औं वार्सिकोत्सव कार्यक्रममा नेपालका विशिष्ट व्यक्तिहरुलाई समेत ल्याउने तयारी गरिएको भएपनि कोरोना महामारीका कारण भर्चुअल जुम प्रविधि को माध्यमबाट कार्यक्रम गरिएको छ ।

                   परिषदले रजत वर्षको सुखद उपलक्ष्यमा परिषद् भित्र रहेर वा बाहिरबाट नेपाली भाषा साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुरयाउने परिषद्का संरक्षकलगायत पदाधिकारीहरू, कूटनीतिज्ञ, अन्य संघसंस्थाका साहित्यकार र सञ्चारकर्मीहरू समेत गरि ९३ जना सर्जकहरुलाई २५ हजार रुपैयाँ बराबरको रजत उत्सव विशिष्ट सम्मान पदक तथा २० हजार २५ रुपैयाँ बराबरको साहित्य सम्मान पदक प्रदान गरेको छ ।

           परिषद्का संस्थापक तथा पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार सुरेश जङ्ग शाहलाई २५ तोला शुद्ध चाँदीमा बनेको विशिष्ट सम्मान रजत वर्ष अभिनन्दन पत्र तथा पदकबाट सम्मानित गरिएकोछ ।रजत उत्सव समारोहका प्रमुख अतिथि परिषद्का संरक्षक बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीले रजत उत्सव सम्मान पदकको  घोषणा गरेका थिए । रजत जयन्तीकै अवसर पारेर परिषदको साहित्यिक प्रकाशन ‘लालीगुराँस’ स्मारिकाको पनि विमोचन गरिएको छ ।

                   यसैगरी परिषद्का सल्लाहकार कवि तथा गीतकार घनबहादुर थापा मगरको ’फूलको मुस्कान’ गीति संग्रह, कवि गोपाल पराजुलीको कृति ‘अ सोल्जर इन सर्च अफ पिस’ र लेखक एवं सामाजिक अभियन्ता सुरेन्द्र नेपाल श्रेष्ठको मेरो आधा शताब्दीु पुस्तक हरुको पनि विमोचन गरिएको थियो ।परिषद्का अध्यक्ष कोमल मल्ल श्रेष्ठ नेपाली साहित्यलाई निरन्तरता दिन बेलायतमा हरेक वर्ष लक्ष्मी जयन्ती, भानु जयन्ती, साहित्य सन्ध्या, पुस्तक विमोचन तथा सय वर्ष पुगेका साहित्यिक स्रष्टाहरुलाई सम्मान गर्दै आएको बताउँछन् ।  

प्रकाशित : २९ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६