सूचना र प्रविधि

कपिलवस्तुमा ९ संक्रमित थपिए,१७ हजार मध्ये ६० प्रतिशत निको



काठमाण्डौं  २९ असार। सोमबार नेपालमा कोरोना भाइरसका १४४ जना संक्रमित थपिएका छन् । जसमध्ये कपिलवस्तुका ९ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा १४४ जनामा संक्रमण देखिएको मध्ये कपिलवस्तुमा पनि ९ जनामा संक्रमण पुष्टी भएको हो । सोमबार सबैभन्दा धेरै सुर्खेतमा ४१ जना भेटिएका छन् । 

        धनुषामा २७ जना, कैलालीमा ११ जना, रौतहटमा ९ जना कपिलवस्तुमा ९ जना, ललितपुरमा ५ जना झापा र महोत्तरीमा ४र४ जना, काठमाडौंमा ३ जना, बागलुङ, म्याग्दी, तनहुँ, बर्दिया, दाङ, रुकुम पश्चिम, दैलेख, बझाङ र बैतडीमा २र२ जना संक्रमित भेटिएका छन् । मोरङ, सुनसरी, सप्तरी, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुली, मकवानपुर, पर्वत, स्याङ्जा, बाँके, जाजरकोट, अछाममा १र१ जना संक्रमित भेटिएका छन् ।

     नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । यो मध्ये ६० प्रतिशत निको भएकोछ। कोरोना संक्रमण उपचारपछि निको भएर डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमल जानकारी दिनुभयो । सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ । हाल देशभरका क्वारेन्टिनमा २३ हजार ८ सय ७० जना सम्भावित संक्रमित रहेका छन् ।  नेपालमा हालसम्म २ लाख ८९ हजार ३ सय ७१ वटा परीक्षण  पीसीआर विधिबाट गरिएको छ ।

प्रकाशित : २९ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६