अर्थ-वाणिज्य

प्रदेश ५: दुध र मासु उत्पादकलाई करोडौ अनुदान तर ….?



कपिलवस्तु ३० असार प्रदेश ५ का छ वटा जिल्लाकालागि दुध र मासु उत्पादन बढाउन एक ब्यक्ति वा समुहले एक करोड सम्मको अनुदान पाउने गरी प्रस्ताव पेश गर्न  मध्य असारमा सूचना प्रकासित भएको छ । ४५ दिन भित्र( साउन अन्तिम) मा प्रस्तावना पेश गरेर १ करोड सम्म अनुदान पाउन सकिन्छ ।तर धेरैजसो उत्पादकहरुले यस्ता विषयमा जानकारी नै पाउदैनन्। पाएकाले परियोजना प्रस्ताव तयार पार्न सक्दैनन् । 

            जसले यस्ता प्रस्ताव तयार पार्छन ती बास्तविक उत्पादक नेटवर्कसंग जोडिएका  छैनन् । उनीहरु केवल मध्यस्थ कर्तासंग जोडिएका छन् । अनुदान पाइहाले भने यस्तै बिचौलियाले पाउछन् । उनले उत्पादन वाहेक  अरु नै गर्छन । यहि स्थिती हुदै आएको छ । तर यसरी पाउने अनुदानले वास्तवमा उत्पादन बढाउन सक्दैन । त्यसैले यस्ता अनुदानवारे सबैलाई जानकारी होस भनेर यो विषयलई समाचार बनाइएको हो । यस्तो करोडौ अनुदान दिने सरकारी परियोजना नेपाल लाइभ स्टक इन्नोभेसन परियोजना  सहयोग इकाई बुटवल हो । यहि नामको बेभसाइटमा गएर विस्तृत विवरण पाउन सकिन्छ ।

        त्यस्तो त प्रदेश ५ का रुपन्देही ,कपिलवस्तु ,नवलपरासी ,गुल्मी, अर्घाखाँची, पाल्पा बर्दिया जिल्लालाई  मुख्य कार्यक्षेत्र बनाएर संचालित नेपाल लाइभ स्टक इन्नोभेसन परियोजनाले दुग्धजन्य तथा मासुजन्य पदार्थको उत्पादन ४० प्रतिशतले बृद्धि गर्ने र खपत ३० प्रतिशतले वढाउने लक्ष्य राखेको छ । उत्पादक र विक्रेताकालागि १ /१ करोड सम्मको परियोजना प्रस्ताव माग गरेको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना बिश्व बैकको ८० मिमलयन अमेरीकी डलर  ऋण सहयोगमा संचालित परियोजना हो । यसमा नेपाल सरकारको ३५ मिलियन योगदान सहित  कुल ११५ मिलियन अमेरीकी डलरको लगानीमा नेपालको  पालन क्षेत्रलाई सुदृढीकरण गर्ने उदेश्य राखेको छ ।  

            यसले नविन प्रविधिको माध्यमवाट उत्पादन र  उत्पादन तथा विक्री मूल्य श्रृंखला विकासको साथै जलावायु अनकुुलन प्रविधिहरुको विकास र उपयोग गर्ने विधी अपनाएको छ।  आव २०७४÷०७५ वाट संचालित आयोजना २८ जिल्लाका २९० पालिकामा संचालित छ । आयोजना ब्यवस्थापनकालागि केन्द्रमा केन्द्रिय कार्यलय सहित मोरङ, हेटौडा , पोखरा र बुटवलमा सहयोग इकाईहरु रहेका छन् । यो परियोजनावाट १ करोड सम्मको लगानी पशुपालक तथा विक्री केन्द्रकालागि अनुदान स्वरुप उपलब्ध गराउदा २० प्रतिशत किसानका तर्फवाट, ३० प्रतिशत वित्तिय सस्थावाट सहुलियत ऋण र ५० प्रतिशत आयोजनाको अनुदान उपलब्ध हुने प्रावधान छ । 

        परियोजनाले दुग्ध उत्पादनमा गाइको ४५० लिटर र भैसीको ६४० लिटर प्रतिबर्षका हिसावले बृद्धि गर्ने , मासुको हालको उत्पादनमा ४० प्रतिशतले बृद्धि गर्ने ,उत्पादीत बस्तुको बिक्री ३० प्रतिशतले बढाउने , पशु सेवामा नयाँ प्रविधीको प्रयोग २ लाख किसानका बीच पुराउने उदेश्य छ । जसमा ४५ प्रतिशत महिला हुने अपेक्षा राखेको छ । आयोजनाले ५ सय उद्यमीलाई दुध र मासु उत्पादन एवम पस्मिना तयारीमा योगदान पुराएर आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धन गर्ने अपेक्षा राखेको छ। 

            पशुपालक किसानले यस्ता परियोजनावाट करोड सम्म अनुदान लिएर साच्चै उत्पादन बढाउन लाग्ने हो भने किसानका दिन फिर्नेछन् भने नयाँ नेपाल अवस्य बन्नेछ । त्यसैले  परियोजनाका सूचना अधिकारीलाई यो ९८५११४४५१७ नम्वरमा संपर्क गरेर बुझि हालौ । वास्तविक किसानले  फाइदा उठाऔ । 

प्रकाशित : ३० असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६