परासी, ३० असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा पहिरो जादा मंगलबार बिहानैदेखि यातायात अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा मालवाहक ट्रक र निजी सवारी रातिदेखि दाउन्ने डाँडामै रोकिएका छन् ।
पहिरोसँगै डलेको रूखले बा १४ च ७०२० नम्बरको कार र ना६ख १५५९ नम्बरको ट्रक च्यापिएका छन् तर मानवीय क्षति भएको छैन । प्रहरीका अनुसार बाटो खुलाउने प्रयास भइरहे पनि वर्षाका कारण पहिरो थामिएको छैन । सडक विभाग र प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मोहनबहादुर खाँडले बताउनभुयो ।
प्रतिक्रिया