कञ्चन ३० असार । कञ्चन गाउँपालिका स्वास्थयकर्मी र जनप्रतिनीधिहरुका लागि नसर्ने रोग सम्बन्धी अभिमुखीकरण सचेतना कार्यक्रम सम्पन्न भएको छ। सचेतना कार्यक्रमको सहजीकरण गर्दै लुम्बिनी प्रादेशिक अस्पताल,बुटवलका डा. सागर न्यौपानेले सर्ने रोग भन्दा नसर्ने रोग बढी जोखिमपुर्ण हुने भएकोले नसर्ने रोगको समयमै निदान हुन सके उपचार सम्भव हुने बताउनु भएको छ ।
सर्ने रोगहरुबाट बच्नको लागि हरेक ब्यक्तिहरुले सावधानी अपनाउने तर नसर्ने रोगहरुको समयमै पहिचान नहुदा जटिल अवस्थामा पुगेपछि मात्र उपचार खोजिने नेपाली संस्कारका कारण नसर्ने रोगबाट धेरैको ज्यान जाने गरेको पछिल्लो तथ्यांक आएकोले नसर्ने रोगबाट बच्नको लागि समयमै रोगको निदान गर्नु पर्ने डा. न्यौपानेले बताउनु भएको छ। डा. न्यौपानेले नसर्ने रोगहरु बंषाणुगत हुने भएकोले बुवामा देखिएको नसर्ने रोग छोरालाई देखिन सक्ने र यदि छोरामा नदेखिए नातीमा देखिन सक्ने सम्भावना भएको हुंदा नसर्ने रोगहरुको जोखिमबाट बच्न नियमित खाना, शारिरीक ब्यायाम, तनावमुक्त समय र जिवनमा बढी ध्यान दिनु पर्ने उललेख गर्नु भएको थियो।
मुटु दुख्ने रोग,उच्च रक्तचाप, मानसिक रोग, बाथ, प्यारालाइसि, क्यानसर जस्ता रोगहरुको सामान्य लक्षण भएपनि जानकारी दिन सके धेरैलाई नसर्ने रोगबाट बचाउन सकिने उल्लेख गर्दै डा। न्यौपानेले स्वास्थ्यकर्मी,जनप्रतिनीधि तथा समाजका अगुवाहरुले समेत बिभिन्न नसर्ने रोगहरुको लक्षण र निदानका उपायहरुबारे जानकारी हुन सके गाउघरमा नसर्ने रोगहरुबाट तत्कालका लागि प्राथमिक उपचार वा चिकित्सक कहां जानका लागि बेलैमा सुझाव दिन सकिने र मृत्युबाट बचाउन सकिने बताउनु भएको थियो ।
कार्यक्रममा कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बिभिन्न रोगहरुबाट गाउघरमा हुन सक्ने जोखिम तथा संक्रमणलाई रोकथाम र न्युनिकरणका लागि बिषय बिशेषज्ञहरुबाट सचेतनामुलक अभिमुखीकरण कार्यक्रम प्रभावकारी हुने भएकोले गाउपालिकाले स्वास्थ्य शाखाको सुझावका आधारमा बिभिन्न स्वास्थ्य सम्बन्धी तालिमहरुको ब्यबस्थापन गरिएको बताउनु भएको थियो ।
सर्ने रोगबाट बच्न सावधानी अपनाउन सकिए जस्तै नसर्ने रोगहरुबाट बच्न पनि लक्षणको आधारमा सावधानी अपनाउन सकिने कुरा कार्यक्रमबाट बुझ्न र सिक्न पाइएकोमा स्वास्थ्य शाखा र बिषय बिशेषज्ञलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो ।यस्तै उपाध्यक्ष गोमा तरामुले हरेक वडाहरुमा स्थापना हुने प्राथमिक स्वास्थ्य केन्द्रको संचालनले आधारभुत स्वास्थ्य सचेतना घरघरमा पुग्ने बिश्वास गर्दै कोभिड १९ का कारण आम कञ्चनवासीहरुलाई सचेतना दिनुपर्ने स्वास्थ्य सम्बन्धी लगायत बिभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न नपाइएको तर आगामी दिनहरु सामान्य अवस्थामा आएको अवस्थामा सचेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिइएने बताउनु भएको थियो ।कञ्चन गाउपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले संचालन गर्नु भएको कार्यक्रम कञ्चन ४ स्थित दियो बजारमा रहेको बहुउद्धेश्य सभाहलमा भएको थियो ।
प्रतिक्रिया