कपिलवस्तु, ३०असार ।धान रोप्ने सिजन सुरु भए सँगै, कपिलवस्तुका कृषकको चिन्ता सुरु हुन्छ । मलको जोहो कसरी गर्ने रु हरेक वर्ष कृषकहरू मलकै पाउन निकै सकस गर्छन् । केही सहकारीबाट, केही भारतबाट र केही कालो बजारी गर्नेबाट मल खरिद गर्छन् । कपिलवस्तुको बुद्धभुमी ५ गिदवाका रिजवान गद्दी दुई साता देखी मलको लागी सहकारीमा चक्कर लगाएका छन । गत वर्ष पनि मलको लागी सास्ती खेप्नु परेको थियो । १ बोरा युरिया सहकारीबाट, बाकीं भारतबाट चोर बाटो ल्याएर टारे ।
अहिले उनलाई २० बोरा युरिया र ५ बोरा डिएपी ९डाई एमोनियम फस्फेट० मलको खाँचो छ । सहकारीबाट मल नपाए पछि, भारतीय सीमा क्षेत्र मर्जादपुर समेत पुगे । सीमा बन्दले गर्दा मेसो मिलाउन सकेनन् । यस वर्ष मल बिना धान रोपाई गरे । खेतीको सिजन सुरु हुँदा मल नपाए पछि कपिलवस्तुका कृषकहरूले धान खेतीमा मल प्रयोग गर्न पाएका छैनन् । धान खेतीका लागी आवश्यक पर्ने युरिया र डिएपी मल अभाव हुँदा धेरै कृषक हायलकायल वनेका छन् । गत वर्ष मल अभाव भएको वेला सीमावर्ती भारतीय बजारबाट ल्याउने गरेका थिए । यस पटक लकडाउनका कारण सीमा बन्द हुँदा भारतीय मल समेत ल्याउन नपाए पछि कृषकलाई थप समस्या भएको छ । ‘मल नहुँदा धानको गाँज राम्रो सँग लागेको छैन । बोट हरियो भई हुर्किन पर्ने हो भएको छैन । डेढ बिगाहामा लगाएको धान खेतीमा मल नहुँदा असर गरेको छ । ’ बाणगंगा ५ का कृषक ईन्द्रेश थारु बताउँछन् ।
९७ प्रतिशतमा मल पुग्दैन :
जिल्लामा धानको सिजनमा मात्र करिब ८ हजार टन युरिया र ६ हजार टन डिएपी आवश्यक पर्छ । तर यस पटकको सिजनमा २४० टन युरिया र २०० टन डिएपी मल जिल्लामा आएको छ । जिल्लाका ९७ प्रतिशत धान खेती मल विहीन हुन पुगेका छ ।कृषि सामाग्री संस्थान बहादुरगन्ज डिपोका प्रमुख तारा प्रसाद खनालका अनुसार अहिले गोदाममा युरिया १० टन, डिएपी ३६ टन र पोटास २२ टन स्टक रहेको छ । ३ हजार टन युरिया , २ हजार टन डिएपी र १ सय टन पोटास आवश्यक पर्छ । लकडाउन पछि १ सय टन युरिया र १ सय टन डिएपी आएको खनालले बताए । चालु आर्थिक वर्षमा १ हजार ७ सय टन युरिया, ९ सय टन डिएपी र ५० टन पोटास आएको बताए । खनालका अनुसार करिब ३ साता सम्म मल आउने सम्भावना छैन ।
जिल्ला सदरमुकाम तौलिहवामा रहेको कृषि सामाग्री संस्थानको डिपोमा पनि मल न्यून स्टक रहेको छ । मल अभाव भए पछि एउटा सहकारीलाई युरिया २ बोरा, डिएपी १६ बोरा , पोटास र कृषि चुन स्टक रहे सम्म माग अनुसार वितरण गरेको छ । गोदाममा १४० टन डिएपी थियो शुक्रवारबाट वाड्न सुरु गरिएको थियो । अहिले ७० टन डिएपी र ६ टन युरिया स्टक रहेको छ । यहाँ धानको एक सिजनका लागी ५ हजार मेट्रिक टन युरिया र ४ हजार मेट्रिक टन डिएपी आवश्यक पर्दछ ।‘जिल्लामा ७१ हजार ५ सय हेक्टरमा धान खेती गर्ने गरिन्छ ।
कपिलवस्तु धान उत्पादन धेरै हुने जिल्ला पनि हो । मलको अभावले गर्दा उत्पादनमा प्रभाव पार्न सक्छ । खन जोत गर्ने वेलामा डिएपी नहुँदा बिरुवाको राम्रो विकास हुँदैन । बालीको वृद्धिको लागी युरिया मल प्रयोग हुने गरेको छ ।’ कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख रामचन्द्र आर्याले भने ।
प्रतिक्रिया