ब्रेकिंग न्युज

राष्ट्रिय धुन र सलामीसहित सक्रमितको शव व्यवस्थापन



रौतहट १ साउन । रौतहटमा कोरोना संक्रमणबाट मृत्यु भएका युवाको राष्ट्रिय धुन र सलामीसहित शव व्यवस्थापन गरिएको छ । इन्द्रबक्स गण पुरेनवाका प्रमुख कर्णेल सामन्तध्वज खाँडको सैनिक टोलीले शव व्यवस्थापन गरेको हो । परोहा ७ नरकटिया गाउँका ३८ वर्षीय संक्रमित युवाको बुधबार उपचारका क्रममा नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको थियो । केही बर्षदेखि भारत बैंगलौरमा रहेर काम गरिरहेका युवक गत असार २४ गते घर फर्केका थिए । बैंगलौरबाट आउनासाथ उनलाई परोहा ३ तेजापाकड स्थित आधरभूत विद्यालयको क्वारेन्टिानमा राखिएको थियो ।

                असार २८ गते स्वास प्रश्वासको समस्या देखिएपछि उनलाई सोही दिन उपचारका स्वास्थ केन्द्रमा हुँदै थप उपचारका लागि २९ गते नारायणी अस्पताल वीरगंज पठाइएको थियोे ।सोही अस्पतालमा उपचारका क्रममा असार ३१ गते बिहान स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको र अपरान्ह उनको निधन भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।यसअघि रौतहटको फतुवा बिजयपुरका २४ बर्षिय युवकको पनि कोरोना संक्रमणबाट ज्यान गएको थियो । असारसम्म रौतहटमा ४ महिला र ७२ पुरुष गरि कुल ७६ जना कोरोना संक्रमितलाई आईसोलेसनमा राखेर उपचार भैरहेको छ । जिल्लाबाट हालसम्म एकहजार दुईसय १६ जना मानिस कोरोना भाइरस जितेर घर फर्केका छन् ।

प्रकाशित : १ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६