ब्रेकिंग न्युज

हुलाकी सडक अतिक्रमण : समय थपिएन, डोजर चल्ने नै भो



कपिलवस्तु २ साउनहुलाकी सडक  निर्माणकालागि सडक अतिक्रमण हटाउन साउन २ गते सम्म सयमसिमा सकिएकोछ । साउन ३ अर्थात आजवाट नभत्काइएका संरचनामा डोजर लगाउने तयारी भएको छ । शनिवार सबै सरकारी र सस्थानका संरचनामा डोजर लगाइनेछ भने आइतवार ब्यक्ति बिशेषका संरचना भत्काइने कार्यसूची तय भएको मेयर किरण सिंहले वताउनु भयो । उहाले करिव २५ प्रतिशत घरहरु स्वम घरपसल धनीले भत्काइ सकेको वताउदै अरु संरचना ४ गतेसम्म कति वाँकी रहन्छन् ती सबै  डोजर लगाएर भत्काइन्छ उहाले प्रष्टयाउनु भयो ।

        सडक अतिक्रमण गरि बनाइएका ठूला संरचनामा जिससको सभाहल ,सिंचाईको कम्पाउण्ड ,विधुतको कम्पाउन्ड लगायत रहेका छन् । साउन  २ गते सम्म समय सीमा दिईएको स्पष्ट पार्दै अतिक्रमण खाली गर्न सयम नथपिएको मेयर सिंहले बताउनु भएको छ । यतिबेला तौलिहवा बजारमा नगर प्रमुखले अतिक्रमण हटाउनकालागि ३ महिना सयम सिमा थपेकोे चर्चा चलीरहेको सुनेको छु त्यो सत्य होइन उहाले भन्नु भयो ।  मेयर सिंहले आफुले कसैलाई त्यस्तो बचन नदिएको दावि गर्नु भयो ।सडक अतिक्रमण गरी संरचना बनाएका केही ब्यक्तिहरु सयमसिमा बढाउनकालागि आफुसंग भेटेको र यस बारेमा प्रशासनसंग कुरा राख्ने मात्र भनेको उहाले प्रष्टयाउनु भयो ।

        गत असार २५ गते सडक अतिक्रमण हटाउने बिषयमा सर्वपक्षीय निर्णय भएकोले सो निर्णयमा आफुले केही गर्न नमिल्ने उहाको भनाइछ । साउन २ गते सम्म अतिक्रमण  हटाउन समयसिमा दिईए पछि जमुहारटोल लगायत ठाउ ठाउमा स्थानीयनबासीले आफैले अतिक्रमण खाली गर्न थालेका छन । साउन ३ गते अतिक्रमण गरी बनेका सरकारी संरचना हटाउन र साउन ४ गतेबाट अन्यको अतिक्रमण हटाउने कार्य सूरु गर्ने बताए । उता जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रजिअ दिर्घ नारायण पौडेलले  नगरले तोकेको समय सीमा सकिएपछि भत्काउने काम हुने वताउनु भयो ।

        उहाले हुलाकी सडक आयोजनाले तौलिहवामा मात्र संचरना भत्काउने होइन सडक अतिक्रमण भएका सबै ठाउमा भत्काउने हो भन्दै  जति सक्दो चाडो अतिक्रमण खाली गर्न आग्रह गर्नु भयो । कुनैपनि वाहनामा हुलाकी निर्माणलाई पछि धकेल्न नसकिने प्रजिअ पौडेलको भनाइछ । साढे ३ अर्व बढी लगानीम निर्माण शुरु भएको हुलाकी सडकलाई अवरोध पुराउने कार्यका विरुद्ध यसपाली प्रशासनले आवश्यक परे बल प्रयोग गरेर भएपनि घर पसल भत्काउने  निर्णय यस अघि नै सर्ब दलिय सर्बपक्षिय बैठकवाट भएको छ । 

         यसकालागि कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले एकहप्ता अघि सार्वजनिक सूचना गरेर साउन २ भित्र घरपसल हटाई सक्न नगरवसीमा अनुरोध गर्नु भएको थियो । उहाले कोहीपनि ब्यक्ति साच्चै घरवार विहिन हुन पुगेमा बसोवासको ब्यवस्था नगरपालिकाले मिलाउने प्रतिवद्धता जनाउनु भएको छ । यसरी सदरमुकाम तौलिहवावाट हुलाकी निर्माणको अवरोध हटाउने काम अघि वढ्ने भएको छ। यो काममा मेयर सिंहले कानुनी एक्सन लिनु भएको छ । यसमा प्रशासनिक प्रोटेक्सन कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलको रहेको छ। करिव असार २५ मासर्बदलिय र सर्ब पक्षिय बैठक राखेर प्रजिअ पौडेलले सर्बसम्मत रुपमा हुलाकीमा भएको अवरोध हटाउने , नियमानुसारको क्षेतिपूर्ति दिलाउने , आवश्यक परे जस्तो सुकै कदम चाल्ने निर्णय गराई सक्नु भएको छ।

    प्रजिअ पौडेलले हुलाकीको अवरोध हटाउन आफूले नै प्रत्यक्ष नेतृत्व स्थलगत रुपमा गर्ने र आवश्यकता अनुसार सबै सुरक्षा निकाय परिचालित हुने सर्वदलिय बैठकमा स्पष्ट पार्नु भएको थियो  । यसमा सबैको सहमति छ   प्रजिअ पौडेलले  भन्नु भयो  सबैदल र नागरिक अगुवाले तपाई जस्ते सुकै कठोर कदम चलेर भएपनि हुलकी बनाउन लाग्नोस हामी साथमा छौ  भनेको र सोही अनुरुप निर्णय भएको प्रष्टयाउनु भयो । यता मेयर किरण सिंहहले अतिक्रण हटाउने क्रममा सबै जग्गा गुमाउने परिवारलाई नगरपालिकाले ५ धुर जग्गा उपलब्ध गराउने घोषणा गरि सक्नु भएको छ । 

        सडक ऐन २०३१ अनुसार सडकको दायाँबायाँ पन्ध्र मिटर सडक क्षेत्र पर्ने भएकाले जति सक्दो चाडो खाली गर्न सूचना प्रकासित भएको छ । गत कार्तिकमा सडक निर्माणको सम्झौता भई सकेको र सयय मै सडक निर्माण गर्नु पनै भएकोले सबैको सहमतिमा सडक अतिक्रमण हटाउने निर्णय भएको उहाको भनाइछ ।

    तौलिहवाको मुहार फेर्न र विकासको गतिलाई अघि बढाउन यो तौलिहवा  क्षेत्रको सडक फराकिलो वनाउन  २०७२ सालमा प्रशासन कार्यालयको अगुवाईमा समेत सडक अतिक्रमण हटाउने कार्य अघि बढाईएको थियो ।तर समाजसेवि कालिपद शर्माको नेतृत्वमा एक समिति बनाएर भएको आन्दोलनका सामु प्रशासनले कडा कदम चाल्न सकेन र अलपत्र रहयो । यतिबेला भने मेयर सिंह एक्सनमा प्रजिअ एक्सनको  प्रोटेक्सनमा उत्रिएपछि अव भने हुलाकी बन्ने निश्चित छ । 

प्रकाशित : २ श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६