सूचना र प्रविधि

बुटवल–तानसेन सडक तेस्रो दिन पनि अवरुद्ध



बुटवल ४ साउन । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डअन्तर्गत तल्लो डुम्रे नजिकै खसेको पहिरोका कारण तेस्रो दिनसम्म पनि सडक अवरुद्ध छ ।तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो शनिबार दिनभर दुईवटा एक्साभेटर प्रयोग गरेर काम गर्दा पनि पन्छाउन सकिएन । सडकको ६० मिटर क्षेत्रमा झरेको पहिरो ५० प्रतिशत मात्र पन्छाएर सकिएको र आइतबार वर्षा नभए साँझसम्म सडक खुल्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।उक्त स्थानमा एक हप्तादेखि खसिरहेको पहिरो शुक्रबार राति ठूलो मात्रामा खस्दा पहिरोले लु १ क ११७५ नम्बरको ट्रकसमेत पुरेको थियो ।

                 शनिबार पहिरो पन्छाएर ट्रक निकालिएको छ । सडकमा दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको छ ।पहिरो पन्छाउन बुटवलतर्फ र पाल्पातर्फबाट दुई वटा एक्साभेटर र एउटा लोडरले काम गरिरहेका डीएसपी गिरीले बताए । ‘दुई वटा एक्साभेटर र एउटा लोडरले पहिरो पन्छाउने काम बिहानदेखि भइरहेको छ, वर्षा भएन र दिनभर काम गर्न पाइयो भने साँझसम्म सडक सचारु हुन्छ,’ डीएसपी गिरीले भने ।सडक अवरुद्ध हुंदा बुटवलबाट पाल्पा हुँदै गुल्मी, अर्घाखाँची, स्याङजा, कास्की, बागलुङ, पर्वतलगायतका जिल्लातर्फ जान हिँडेका र उताबाट बुटवलतर्फ आउन लागेका सयौं सवारी साधन र यात्रु सडकमै अलपत्र परेका छन् ।

प्रकाशित : ४ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६