ब्रेकिंग न्युज

प्रदेश ५ : संक्रमित संख्या ४ हजार ८१ ,३ हजार ६७५ जना संक्रमण मुक्त



बुटवल ४ साउन । आइतबारसम्म प्रदेश नम्बर ५ का १२ वटा जिल्लामा  कोरोनाभाइरस संक्रमितको कुल संख्या ४ हजार ८१ जना पुगेको छ । त्यसमध्ये ३ हजार ६७५ जना कोरोना जितेर घर फर्किएका छन् । हालसम्म यो प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ जना रहेको छ । प्रदेशभरका १ सय ५० वटा आइसोलेशन कक्षमा अहिले ३ सय ९३ जनाले उपचार गराइरहेका छन् ।प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार ९०.०५ प्रतिशतले कोरोना जितेर घर फर्किएका हुन् ।

यस्तो छ जिल्लागत अवस्था

        कपिलवस्तुका १६ वटा आइसोलेशन कक्षमा कुल संक्रमित ४ सय ५६ जना मध्ये २० जनाले उपचार गराइरहेका छन् भने ७ सय ३६ जना निको भइ घर फर्किएका छन् । जहाँ एक जनाको पनि मृत्यु भएको छैन ।दाङका ७ जटा आइसोलेशनमा कुल संक्रमित ६ सय ४१   जना मध्ये १ सय ५० जनाले उपचार गराइरहेका छन् भने ४ सय ८९ जनाले कोरोना जितेर घर फर्केका छन् । त्यस जिल्लामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् ।यसैगरी पाल्पा जिल्लामा २५ वटा आइसोलेशन कक्ष रहेका छन् । जहाँ कुल संक्रमितको संख्या ५ सय ५५ जना रहेका छन् । ४६ जनाले उपचार गराइरहेका छन् भने ५ सय ८ जनाले कोरोना जितेर घर फर्किएका छन् । पाल्पामा कोरोना संक्रमणबाट एक जनाले पनि ज्यान गुमाएका छैनन् ।

            यसैगरी बाँके जिल्लामा कुल संक्रमितको सख्या ३ सय ३४ जना रहेका छन् । त्यहाँको १३ वटा आइसोलेशन कक्षमा २० जनाले उपचार गराइरहेका छन् भने ३ सय ७२ जना निको भइ घर फर्केका छन् । त्यहाँ २ जनाको मृत्युृ भएको छ ।यसैगरी गुल्मी जिल्लामा कुल संक्रमितको संख्या ३ सय ५३ जना पुगेको छ । २२ वटा आइसोलेशन कक्षमा ११ जनाले उपचार गराइरहेका छन् भने ३ सय ३९ जनाले कोरोना जितेर घर फर्किएका छन् । त्यहाँ ३ जनाको मृत्यु भएको  छ ।यस्तै रुपन्देही जिल्लाको जनसंख्याको अनुपातमा अन्य जिल्लाको तुलनामा संक्रमितको संख्या कम देखिएको छ । रुपन्देहीमा कुल संक्रमितको संख्या ३ सय ७२ जना रहेका छ ।   त्यहाँ १७ वटा आइसोलेशनमा २२ जनाले उपचार गराइरहेका छन् भने ३ सय २ जना उपचार गरि घर फर्किएका छन् । त्यहाँ १ जनाको मृत्यु भएको छ ।

             यसैगरी प्युठान जिल्लामा कुल ३ सय ३३ जना कोरोना संक्रमित रहेका छन् ।  त्यहाँको २१  वटा आइसोलेशन कक्षमा २९ जनाले उपचार गराइरहेका छन भने ३ सय ४ जना निको भई घर फर्केका छन् । जहाँ एक जनाको पनि मृत्यु भएको छैन ।उता वर्दियामा कुल संक्रमितको संख्या २ सय २० जना रहेको छ ।  ११ वटा आइसोलेशन कक्षमा २८ जनाले उपचार गराइरहेका  छन् भने १ सय ९२ जना निको भई घर फर्केका छन् । त्यहाँ एक जनाको पनि मृत्यु भएको छैन ।नवलपरासी जिल्लामा कुल संक्रमितको संख्या १ सय ७ पुगेको छ । त्यहाँको २२ वटा आइसोलेशन कक्षमा २२ जनाले उपचार गराइरहेका छन् भने ८५ जना उपचार गरी फर्किएका छन् ।

             त्यहाँ पनि कसैको मृत्यु भएको छैन ।यसैगरी रोल्पा जिल्लामा कुल संक्रमित ६६ जना रहेका छन् ।  त्यहाँको ४ वटा आइसोलेशनमा १८जनाले उपचार गराइरहेका छन् । ४७ जना कोरोना जितेर फर्किएका छन् । त्यहाँ पनि कसैको  ज्यान गएको छैन।रुकुम पूर्वमा भने कुल संक्रमित ८ जना रहेका छन् ।  एउटा मात्र आइसोलेशन छ त्यहाँ । ४ जनाले उपचार गराइरहेका छन् भने ४ जना उपचार गरी फर्किएका छन् । 

प्रकाशित : ४ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६