कपिलवस्तु ५ साउन । जब बर्खयाम शुरु भई खोलामा बाढी आउन थाल्छ तब हरिकला परियारको मनमा डरत्रास पैदा हुन्छ । कतै बाढी र डुवान कारण अकालमै ज्यान जाने त होईन भन्ने कुरा मनमा खेल्न थाल्छ । कपिलवस्तु नगरपालिका ९ कुश्मा रहेका दलित बस्ती जहा ४ घर बाढीको उच्च जोखिममा छन । खोला किनारमै घर हुदा हरिकला जस्तै ४ घरकालाई बर्खयामको समयमा रातिमा निन्द्रा लाग्दैन ।
गत बर्षको समयमा सुतिरहेको अवस्थामा बाढिले घर डुबायो ,अन्नपात बगायो ,गाईबस्तु मरे यो बर्ष झन दिनहु पानी परिरहेको छ , बाढि आईरहेको छ डर लाग्छ हजुर के गर्ने भन्नुहुन्छ हरिकला परियारका श्रीमान टिका बहादुर परियारले । एकतर्फ बाढिको पिर छदै छ अर्कोतर्फ गरिबीका कारण घरमा पैसा छैन खान बस्न समस्या छ । साथमा पैसा भएको भए बाढिको किनारदेखी टाढा जान्थ्यौं भन्दै गहभरि आसु लिदै आफ्ना समस्या सुनाउनुभयो ।
खोला आएको बाढि देख्ने बित्तिकै घरमा रहेका साना बालबालिकालाई जोगाउन समस्या हुन्छ उहाले भन्नुभयो । हरेका बर्ष बाढिले सताईरदा स्थानिय सरकारको भने ध्यान पुग्न सकेको छैन । सधैब खोलामा ढुंगा गिट्टी बिषयमा छलफल हुन्छ ,लडाई हु्न्छ तर हाम्रा समस्याका बिषयमा कसैले ध्यान नदिएको उहाको भनाई छ । खोलामा जथाभाबी निकासी गर्दा झन बाढिको जोखिम पर्दै गएका छौ वडा अध्यक्षले पहल गरे नि नगरका ठूलाबडाले ध्यान नदिएको उहाले बताउनुभयो । गत बर्ष कुश्मा गाउमा बाढि पस्दा बिद्यालयमा क्षति भयो , अन्नपात बगायो ,गाईबस्तु बगायो यस्ता खालका क्षति धेरै भयो तर पनि खोलको तटबन्धन तारबारमा नगरको ध्यान गएन उहाले भन्नुभयो ।
यता टिका बहादुर परियाका छिमेकी ओमबहादुर सुनारले पनि स्थानिय सरकार आएको महसुस नभएको बताउनुभयो । निर्वाचन भएको ३ बर्ष बितिसक्दा पनि बिजुलीका पोल आउन सकेका छनै । विगतका दिनमा टुकीको भरमा दिनरात बिताउन बाध्य भयौ अहिले मजदुरी गरि सोलार राखेका छौ उहाले भन्नुभयो । दलितका लागि बजेट आउन्छ कार्यक्रम आउन्छ तर खै अहिलेसम्म हाम्रा लागि केही नआएको बताउनुभयो । बाटोको अवस्था हेर्ने हो भन्ने सधै हिलाम्मे हुन्छ के बिकास भयो भनेर भन्दै हिड्ने ।
प टक पटक आफना समस्या राख्दा पनि केही सुनुवाई नभएको बताउनुभयो । यता सोही बिषयमा वडा अध्यक्ष शिब बहादुर वाग्ले संग कुराकानी गर्दा तत्कालै वडा सदस्यलाई समस्या बुझन पठाउने र आवश्यक सहयोग गर्ने बताउनुभयो । बिजुलीका पोलका लागि पहल भईरहेको छ । छिट्टै मिटर बक्स ल्याई बिजुली बत्ति बालिदिने आश्वसन दिनुभयो ।
प्रतिक्रिया