ब्रेकिंग न्युज

कोरोनाबाट मृत्यु भएका वृद्धको परिवार सबैमा संक्रमण पुष्टि



काठमाडौँ ५ असार । कोरोना भाइरसबाट मृत्यु भएका सप्तरी राजविराजका वृद्धको परिवारका सबै सदस्यमा संक्रमण देखिएको छ।जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले मृतकका परिवारका पाँचै जना सदस्यको नतिजा पोजेटिभ आएको बताए।पोजेटिभ देखिनेमा मृतककी श्रीमती, छोरा बुहारी र दुई नाति नातिनी छन्। उनीहरू ११ वर्ष देखि ६७ वर्ष उमेरका रहेको यादवले जनाए।अहिले संक्रमित सबैलाई घरमै राखिएको छ। सबैजना संक्रमित भएपछि घर नै उहाँहरूको लागि आइसोलेसन भयो। त्यसैले हामीले चिकित्सकको निगरानीमा उहाँहरूलाई घरमै राखेका छौं, उनले भने।

                 गत शुक्रबार कोरोना संक्रमित वृद्धको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो। मृत्युपछि उनका परिवारका सदस्यको राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा परीक्षण गर्दा सबैमा संक्रमण पुष्टि भएको हो। मृतक वृद्धको बिउ र ग्यासको डिलर समेत रहेकाले पसलमा काम गर्ने र आवतजावत गर्ने १७ जनाको पनि परीक्षण गरिएको छ। तीमध्ये एकजनाको नतिजा नेटिभ आएको र बाँकीको भने नतिजा आउन बाँकी रहेको यादवले जनाए।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६