ब्रेकिंग न्युज

पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं ५ असार । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । उनीहरूमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।

कहाँ कहाँ थपिए संक्रमित ?

                स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित बारामा ४६ जना थपिएका छन् । यस्तै, डोटीका ४० जना, सर्लाहीका २३, सप्तरीका ९, कास्कीका ८, रुकुम पूर्वका ७, दाङ र सुनसरीका ६\६ जनामा संक्रमण पुष्टि भएको छ ।पर्सा, सोलुखुम्बु, रोल्पा र सुर्खेतका ४\४ जना, झापा र सल्यानका ३\३ जना, काठमाडौं, धनुषा, तनहुँ र दैलेखका २र२ जना तथा इलाम, मोरङ, सिराहा, ललितपुर, लमजुङ, हुम्ला, कालीकोट र कैलालीमा एकएक जना संक्रमित भएका छन् ।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६