सूचना र प्रविधि

घटना धेरै रोल्पामा मृत्यू धेरै गुल्मीमा



बुटवल ६ साउन  प्रदेश ५ मा एक वर्षमा गाडी दुर्घटनामा परी ४ सय ८३ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा भएको दुर्घटना अघिल्लो आर्थिक वर्षभन्दा १ सय ४० ले कम रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा सवारी दुर्घटनामा ६ सय २३ जनाको मृत्यु भएको थियो । साढे ३ महिना भन्दा बढी लकडाउनको कारण सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या घटेको हुनसक्ने अनुमान गरिएको छ ।

         प्रदेश ५ मा मृत्यु हुनेको संख्या घटेपनि सवारी दुर्घटनाको दर भने बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा १ हजार १ सय २२ वटा दुर्घटना भएको छ भने त्यस अघि २०७५/७६ मा १ हजार २९ वटा दुर्घटना भएको थियो । गत आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा बढी रोल्पामा सवारी दुर्घटना भएको छ । रोल्पामा गत एक वर्षमा १ सय २३ वटा सवारी दुर्घटना भएको छ । त्यसपछि बाँकेमा १ सय १९, पाल्पामा १ सय ९, गुल्मीमा १ सय ८ जना रहेका छन । सवारी दुर्घटनामा परी मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीका रहेका छन ।

        गुल्मीमा गत आर्थिक वर्षमा ७९ जनाको ज्यान गएको छ । गुल्मी पछि पाल्पामा ५७ र बाँकेमा ५१ जनाको ज्यान गएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा सवारी दुर्घटनामा परी ६७ वटा चौपाया मरेका छन्। सबै भन्दा बढी रुकुम पूर्वमा ३२ वटा चौपाया मरेका छन् । यस्तै सवारी नियम उल्लंघन गर्ने १ लाख ७० हजार सवारी र चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । कारबाहीबाट १० करोड ६१ लाख राजश्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित : ६ श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६