सूचना र प्रविधि

नारायणी नदीमा पानीको सतह बढेपछि गण्डक बराजका सबै ढोका खोलिए



चितवन ६ साउन । नारायणी नदीमा पानीको सतह बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक बराजका सबै ढोका खोलिएका छन्।नारायणी नदीको सतह खतरामाथि पुगेपछि बराजका सबै ३६ वटा ढोका खोलिएको भारत बिहार राज्यस्थित सम्पर्क तथा भूआर्जन कार्यालय वाल्मिकी नगरका सम्पर्क अधिकारी तारासिंह थापाले बताए।गण्डक बराजको क्षमता ७ लाख क्यूसेक हो। पुरानो भएकाले अहिले त्यसको क्षमता ४ लाखको हाराहारीमा रहेको छ।

              ३ लाख नाघेपछि खतरा मानिन्छ। गण्डकमा मंगलबार पानीको सतह ३ लाख क्यूसेक हाराहारी पुगेको छ।यसैबीच नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन आग्रह गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।कमाण्ड क्षेत्रमा सुस्ता, सरावल, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकाका ३० बढी गाउँ पर्छन्। सो क्षेत्रमा विपद् आई लागेमा तत्काल उद्धारमा खटिनका लागि सुरक्षाकर्मीलाई ‘हाई(अलर्ट’मा राखिएको पाठकले बताए।

प्रकाशित : ६ श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६