ब्रेकिंग न्युज

पहिराले १८ घर पुरिए , स्याङ्जामा एकको मृत्यु एकको उद्धार



लमजुङ ७ साउन ।  अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङमा १८ घर पुरिएका छन् । मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँमा आज बिहान पहिराले उक्त घर पुरिएका हुन् । उक्त स्थानमा मङ्गलबार गएको कपासेखोलाको पहिरोमा थप पहिरो सोही स्थानबाट आएकाले घर पुरिएका वडाध्यक्ष प्रेम बस्नेतले बताउनुभयो । पहिराले घर पुरिँदा सुजन अछामी, देवबहादुर सार्की, सिर्जना गोतामे घाइते भएको उहाँले जानकारी दिनुभयो । घाइतेमध्ये सिर्जनाको खुट्टा भाँचिएको, देवबहादुरको खुट्टाको गेडी भाँचिएको र सुजनको टाउकोमा चोट लागेको छ । घाइतेलाई बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला सामुदायिक अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।

               मङ्गलबार नै सो पहिराले गाउँमा क्षति गर्न थालेपछि स्थानीयलाई अन्यत्र राखिए पनि उनीहरु आज बिहान सामग्री निकाल्नका लागि आएका र सो पहिराले घाइते भएको वडाध्यक्ष बस्नेतले बताउनुभयो । गाउँका ८० घरमा नै क्षति पुग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ । जनप्रतिनिधि, प्रहरी, स्थानीयलगायतले यतिबेला पहिराले नपुरिएका घरमा रहेका सामग्री निकाल्ने कार्यमा छन् । 

             त्यस्तै  पहिराले पुर्दा गल्याङ नगरपालिका– १० सिमलसौँराकी ५२ वर्षीया माया सारु यामकुमारीको मृत्यु भएको छ । बिहान साढे ३ बजे खसेको पहिरामा परी घाइते भएकी उनकी छोरी २० वर्षीया नारायणीलाई भने स्थानीयवासीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

     राति खाना खाएर आमाछोरी सुतेकामा बिहान स्थानीयवासीले पहिराले पुरेको देखेपछि एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । घरदेखि करीब २५ मिटर माथिबाट आएको पहिराले घर पुरेको हो ।  घाइते सारुको गह्रौ अस्पताल वालिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पहिराले छिमेकी पदम सारु र जवन सारुका घरमा समेत क्षति पुगेको छ ।स्थानीयवासीले जनाएका छन् ।

प्रकाशित : ७ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६