स्वास्थ्य

स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण



सप्तरी७ साउन  । सप्तरी सदरमुकाम राजविराजमा बुधबार स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण देखिएको छ ।राजविराज नगरपालिका–२ का ३१ बर्षीय पुरुष, राजविराज ३ का ६३, ३२ र २३ बर्षीय पुरुष, राजविराज ६ का ३२ र ३६ बर्षीया महिला, तथा ४० र ४३ वर्षका पुरुष संक्रमित देखिएका छन् ।राजविराज वडा नम्बर ७ का २० बर्षीय पुरुष र ४०, १७, १५ र १५ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीकै तथा अग्निसाइर कृष्णासवरण गाउँपालिका १ का एक पुरुष संक्रमित देखिएका छन् ।

अस्पतालका नर्स र स्वीपरलाई संक्रमण

                राजविराजस्थित एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका एक नर्स र एक स्वीपरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।एक जना अस्पतालभित्रको आकस्मिक कक्षमा कार्यरत नर्स र र अर्का एक स्वीपर रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।भारतमा झण्डै ४ महिना बसेर आएका यहाँका एक जना प्रतिष्ठित व्यापारीको अघिल्लो हप्ता कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । मृत्यु भएकाको परिवारका सबै ५ जना तथा उनको पसलमा काम गर्ने २ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।मृतकका छिमेकी दम्पत्तिसमेत कोरोना संक्रमित भएका छन् । संक्रमण फैलिन नदिन बुधबारदेखि राजविराजमा लकडाउनलाई कडा पारिएको छ ।

प्रकाशित : ७ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६