कपिलवस्तु ८ साउन । अबैध रुपमा राखिएका ६८ बोरा मटर (केराउ) कपिलवस्तु प्रहरीले बरामद गरेको छ । वुधवार साँझ कृष्णनगर नगरपालिका वडा नं. ३ लक्ष्मीनगर निवासी कमला आरखको घरमा अवैध रुपमा नेपालबाट भारत तर्फ निकासी गर्नको लागी जम्मा गरी राखेको मटर (केराउ) प्रहरीले बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलको कमाण्डमा खटिएको १५ जनाको टोलीले निज आरखको घर खान तलासी गर्दा निज बस्दै आएको घरको कोठामा ६८ बोरा मटर (केराउ) फेला पारेको थियो । बरामद गरिएको उक्त केराउ (मटर ) भन्सार पठाउने पहल भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
८ श्रावण २०७७, बिहिबार
प्रतिक्रिया