ब्रेकिंग न्युज

कुटपिटबाट मृत्यु प्रकरणको छानविनमा सेनाले सहयोग गर्ने



 काठमाडौं ९ साउन। चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको कुटपिटबाट युवकको मृत्यु भएको विषयमा आन्तरिक छानविन सुरु भएको छ ।नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आन्तरिक छानविन थालिएको जनाएको हो ।यसमा विषयमा अधिकार प्राप्त सरकारी निकायले गरी रहेको विस्तृत छानविनमा पूर्ण सहयोग गर्ने पनि सेनाले भनेको छ । साथै, नेपाली सेना, सरकारको कार्यदेश अनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ ।

               बिहीबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएका राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको सेनाको कुटपिटबाट नै मृत्यु भएको परिवारको दाबी छ । राजकुमारका बुबा विष्णुलाले घटनाको छानविन गर्न र दोषीलाई सजाय दिन भाग गरेका छन् ।सेनाको कुटपिटपछि घर आएका चपाङ विरामी भएपछि अस्पताल लगिएको परिवारले जनाएको छ ।

प्रकाशित : ९ श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६