स्वास्थ्य

प्रहरी प्रधान कार्यालयका चार प्रहरीमा कोरोना संक्रमण



काठमाडौँ ११ साउन। प्रहरी प्रधान कार्यालय, नक्साल सवारी शाखामा कार्यरत चार प्रहरीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । प्रहरीको केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीले अस्पतालमा गरिएको परीक्षणमा चार जनामा कोरोना संक्रमण देखिएको बताए । प्रवक्ता शाहीले भने, ‘प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनामा कोरोना पोजेटिभ देखिए पनि थप पुष्टिको लागि टेकु अस्पताल पठाइएको छ ।’चार जनामा पुष्टि भएपछि थप प्रहरीको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइने तयारी भइरहेको प्रवक्ता शाहीले भने । हालसम्म देशभर १ सय १५ प्रहरी संक्रमित छन् । 

प्रकाशित : ११ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६