ब्रेकिंग न्युज

चुनढुङ्गा खानी जाने सडकको जमिन भासिएसँगै ३३ घर जोखिममा



पाल्पा १२ साउन । तिनाउ गाउँपालिका–३, पानी मिलमा जमिन भासिन थालेसँगै ३३ घर जोखिममा परेका छन् । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको पानी मिलबाट अर्घाखाँची सिमेन्टकोे चुनढुङ्गा खानी जाने सडकमा पहिरो र जमिन भासिन थालेको छ । पहिरोको कारण दुई घर विस्थापित भइसकेका छन् । सिद्धार्थ राजमार्गको माथिल्लो भागमा पहिरो र जमिन भासिएपछि यस क्षेत्रका स्थानीयबासिन्दा रातभर सुत्न नपाएको गुनासो गरेका छन् । कतिबेला पहिरो आएर बगाउने हो भन्ने डरले राति निद्रा नै नलाग्ने स्थानीयवासी चमेली थापाले बताउनुभयो । पहिरोले सडक बगाएको छ । तीन चार ठाउँका सडक बगाएर मानिस पैदल हिँड्ने बाटोसमेत छैन । । 

                स्थानीयवासी मानबहादुर गाहाले घर भासिएको क्षेत्रभन्दा तल्लो भागमा अधिकांश स्थानमा जमिन भासिएको र पहिरो गएकाले आफूहरु जोखिममा रहेको बताउनुभयो । चुनढुङ्गा खानीसम्म पहुँचमार्ग निर्माण मापदण्डविपरित निर्माण गरिएकोले पहिरोको जोखिममा रहेको हो । क्षमताभन्दा बढी चुनढ्ङ्गा ढुवानी र सडक निर्माण गरी जथाभावी माटो फालिएकाले जमिन भासिएको स्थानीयवासीको गुनासो छ । स्थानीयवासी कृष्ण पाण्डेयले सडक विस्तार गर्ने क्रममा पहिरोग्रस्त क्षेत्रबाट सडक विस्तार गरिएकोले पहिरोको जोखिम बढेको बताउनुभयो । उहाँले गत वर्ष पनि पहिरो गएको र अहिले ठूलो समस्या हुने बताउनुभयो । सडकको पहिरो सिस्ने खोलामा खसे सिद्धार्थ राजमार्ग, पुल र त्यस क्षेत्रमा ठूलो असर हुने पाण्डेयले बताउनुभयो ।

            वडाध्यक्ष प्रेम पाण्डेका अनुसार सडक दुई तर्फबाट जमिन भासिएपछि जोखिम बढेको छ । जोखिम क्षेत्रका स्थानीयवासीलाई सुरक्षितरूपमा व्यवस्थापन गर्ने काम भइरहेको वडाध्यक्ष पाण्डेयले बताउनुभयो । जोखिम क्षेत्रको प्रदेशसभा सदस्य वसन्त घर्ती, गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती, गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठसहितले अवलोकन गर्नुभएको थियो । पहिरो ५० मिटर भन्दा बढी खसेको छ । माथिल्लो भागको सडक पहिरोले तल्लो भागको सडकसमेत बगाएको छ । पहिरोका कारण स्थानीयवासीले घाँसपातका लागि जङ्गल निस्कन समस्या हुँदै आएको गुनासो गर्दै आएका छन् । पाल्पाका अधिकांश स्थानमा पहिरोका कारण ग्रामीण क्षेत्रमा यातायातका साधन सञ्चालन हुन नसक्दा स्थानीयवासी पैदल हिँडन बाध्य भएका छन् ।

प्रकाशित : १२ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६