काठमाडौं १३ साउन। सवारी चालक अनुमति पत्र (लाइसेन्स )बनाइदिन्छु भन्दै रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगु खत्याड गाउँपालिका–८ घर भइ हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका बस्ने २५ वर्षीय प्रेमराज पाण्डे छन् ।उनलाई महानगरीय प्रहरी वृत्त, थानकोटले खरिबाटेबाट पक्राउ गरिएको डीएसपी राजकुमार केसीले बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा पाण्डेले चन्द्रागिरि–४ का मंगल श्रेष्ठ र शैसव श्रेष्ठ लगायतलाई लाइसेन्स बनाइदिन्छु भनेर प्रतिव्यक्ति साढे १३ हजार रुपैयाँ लिएको खुलेको छ ।पक्राउ परेका दुवै जनाविरुद्ध थप कानुनी कारबाही प्रक्रिया अघि बढाइएको डीएसपी केसीले बताए ।
१३ श्रावण २०७७, मंगलबार
प्रतिक्रिया