ब्रेकिंग न्युज

शिवराज अपडेट : कुन समुदायमा देखियो कोरोना ।



 कपिलवस्तु १३ साउन 

स्वास्थ्य मन्त्रालयले समुदायका कोरोना फैलिएको निराधार भएको भनाई आएको २४ घण्टा बित्न नपाउँदै कपिलवस्तुमा समुदायमा कोरोना पोजेटिभ फेला परेका छन् । मङ्गलवार कपिलवस्तुको शिवराज नगरपालिकाको समुदायमा कोरोना सङ्क्रमण फैलिएको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले शिवराज नगरपालिका भित्र समुदायमा रहेका १३ जनामा कोरोना पोजेटिभ भएको पुष्टि गरेको छ । ती मध्ये ट्राभल हिस्ट्री नभएका समेत छन् । 

नेपाल आदर्श मा.बि शिवपुरका २ जना शिक्षक, शिवराज नगरपालिका वडा नं. १ का वडा सचिव र वडा सचिवका पतिमा समेत कोरोना देखिएको छ । काठमाडौँ पढ्न जानका लागी पिसीआर परीक्षण गरेकी २ कृष्णनगर नगरपालिकाका २ विद्यार्थी र उपचार गर्नकालागी परीक्षण गराएका वडा सदस्यको छोरामा समेत कोरोना पोजेटिभ देखिएका छन् । उनीहरूको ट्राभल हिस्ट्री समेत नपाइएको शिवराज नगरपालिका सुपा देउराली आइसोलेसनका इन्चार्ज जित बहादुर बिसीले बताए । 

शिवराज नगरपालिकाको वडा नं. ५ चन्द्रौटा बजार, वडा नं. १ शिवपुर, वडा नं. ११ लालपुर र वडा नं. ३ खरेन्द्रपुर र कृष्णनगर नगरपालिकाको बहादुर गन्जको समुदायका कोरोना फैलिएको बताइएको छ । शिक्षकलाई कोरोना देखिए पछि नगरपालिका भरी त्रास छाएको छ । शिवराज नगरपालिकाले कक्षा ४ देखी माथिल्लो कक्षाका लागी विद्यालयमा दैनिक ३ घण्टा वैकल्पिक शिक्षा प्रदान गर्दै आएको थियो । वडा सचिव समेत नियमित कार्यालयमा उपस्थित भएका छन् ।

मङ्गलवार पुष्टि भएका ३४ जना मध्ये ७ जना होम क्वारेनटाइन बसेका थिए । भारतबाट आएका १२ जना , दुबईबाट आएका ४ जना र साउदी अरेबियाबाट आएका २ जनामा कोरोना देखिएको छ । नगरका ८ जनामा कोरोना देखिए पछि कनट्याक्ट ट्रेसिंग गर्दा ८९ जना नजिक सम्पर्कमा भएकाको पिसीआर परीक्षण भएको थियो । ती ८ जना बाहिर बाट आए पछि क्वारेनटाइन नगई समुदायमा घुमफिर गर्दै आएका थिए । थप भएका मध्ये ६ जना महिला रहेका छन् । यो थप भए सँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय ९६ पुगेको छ । 

प्रकाशित : १३ श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६