सूचना र प्रविधि

आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन



काठमाण्डौ १४ साउन । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न तीन वटा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको बुधबारको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोक सेवा आयोगको वार्षिक प्रतिवेदनमाथि अध्ययन गर्न उपसमिति गठन गरेको छ ।समिति सभापति शशी श्रेष्ठले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १८२ बमोजिम समितिको आन्तरिक काम कारबाही सञ्चालन गर्न वा समितिको कार्यक्षेत्र भित्रको विषयको अध्ययन गरी प्रतिवेदन दिन समितिका सदस्यमध्येबाट उपसमिति गठन गर्न सक्ने प्रावधानअनुसार गठन गरिएको बताउनुभयो ।

       सांसद रेखा शर्माको संयोजकत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ । जसमा सांसदहरु झपड रावल, अमरेशकुमार सिंह, नवराज सिलवाल सदस्य रहनुभएको छ । सांसद यशोदा सुवेदीको संयोजकत्वमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ । जसमा सांसदहरु देवेन्द्रराज कँडेल, छक्कबहादुर लामा, तीर्था गौतम, प्रेम सुवाल सदस्य रहनुभएको छ ।त्यस्तै सांसद विजय सुब्बाको संयोजकत्वमा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ ।

        जसमा सांसदहरु डिला संग्रौला, रामसहाय प्रसाद यादव, लक्ष्मी कुमारी चौधरी सदस्य रहनुभएको छ ।सबै उपसमितिले आन्तरिक कार्यविधि आफै निर्माण गरेर अध्ययन गर्न सक्ने छन् । उपसमितिमा संयोजकसहित बढीमा पाँच जना सदस्य रहन सक्ने व्यवस्था भए पनि दुई समितिमा चार जनाका दरले गठन गरिएको सभापति श्रेष्ठले बताउनुभयो ।त्यस्तै कुनै एक उपसमितिमा रहेको सदस्य अर्को उपसमितिको बैठकमा भाग लिन चाहेमा संयोजकको अनुमति लिएर सहभागी हुन सक्ने छन् । उपसमितिले आयोगको वार्षिक प्रतिवेदन अध्ययन गरी १५ दिनभित्र समितिमा प्रतिवेदन पेस गर्नुपर्ने छ 

प्रकाशित : १४ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६